पोखरामा जुवातास खेल्दै गरेका दुई महिला सहित ८ जना पक्राउ

पोखरा, ३ भाद्र /कास्की प्रहरील पोखरा लेखनाथ महानगरपालिका १० घलेचोकमा जुवा खेल्दै गरेका ८ जनालाई प्रक्राउ गरेको छ ।

रन्जु श्रेष्ठ घरमा डेरा गरी बस्ने मिन बहादुर थापाको कोठामा जुवातास खेल्दै गरेका ८ जना सहित २९ हजार ९ सय ४५ रुपैया सहित प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका ११ रानिपौवाका राम बहादुर थापा, पोखरा १० का धन प्रसाद पुन, मिन बहादुर थापा, भिम बहादुर गुरुङ, बिमला पुन, कल्पना मिदुन, कृष्ण ठाडा मगर र प्रकाश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...