Ganthan News Pokhara
All news from Pokhara & around

पोखराका जवरजस्तीकरणी उद्योग गर्ने एक जना पक्राउ

बलत्कार
0

पोखरा, २२ पुस /कास्की प्रहरीले जवरजस्तीकरणी उद्योग गरेको आरोपमा एक जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १७ निर्माणाधिन घरमा ज्यामी काम गर्ने एक महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्ने वर्ष २५ को जाफुरलाल हुसेनलाई पक्राउ गरेको हो ।

पोखरा १७ सांग्रिलामार्ग बसी सोही घरमा ज्यामी काम गर्ने १७ वर्षिया एक युवतीलाई जवरजस्तीकरणीको उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु