फागुन तेस्रो साता पोखरामा होम स्टे महोत्सव

पोखरा, १९ माघ /होम स्टे प्रवद्र्धन गर्ने उद्देश्यल पोखरामा फागुन तेस्रो साता होमस्टे महोत्सव हुने भएको छ । गाँउ पर्यटन प्रवद्र्धन मन्च नेपाल, गण्डकी प्रदेशको आयोजनामा हुने महोत्सवमा प्रदेशका ५० होम स्टेको स्टल राखिने छ ।

ग्रामिण पर्यटन गण्डकी प्रदेशको निर्विकल्प गन्तव्य भएको उल्लेख गर्दै नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका बरिष्ठ अधिकृत सूर्य थपलियाले होम स्टेलाई प्रवद्र्धन गर्न सके देश र समुदायले त्यसको यथेष्ट फाइदा लिनसक्ने स्पष्ट पारे । ‘होम स्टे प्रदेशको निविर्कल्प गन्तव्य हुन् ।’ उनको भनाई थियो–‘प्रवद्र्धन गरी ग्रामीण सामुदायको विकासमा टेवा पुर्याउनुपर्छ ।’गण्डकी प्रदेशमा २२३ वटा होमस्टे छन् ।

महोत्सवमा दर्ता भएका होम स्टेले मात्रै स्टल राखिने छ । उनले पछिल्लो तीन वर्षमा २५ वटा होमस्टेबाट बढेर २ सय २३ वटा पुगेको भन्दै होमस्टेको संख्यासँग गुणात्मकतामा पनि बृद्धि दावी गरे । नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले ग्रामिण पर्यटनलाई एक अर्कासँग लिंकेज गर्ने तथा ति ग्रामीण पर्यटनका गन्तव्यहरुको बजारीकरण गर्ने महोत्सवको मूख्य उद्धेश्य रहेको बताए । उनले सन २०२० सम्ममा २० लाख पर्यटक भित्राउने योजनालाई पनि महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा आगामी फागुन २३ गतेदेखी २५ गतेसम्म ग्रामिण पर्यटन महोत्सव हुने छ । महोत्सव फेवाताल किनार बाराही खेलमैदानमा गर्ने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ग्रामिण पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको भिटोफ गण्डकी प्रदेश अध्यक्ष रबिन्द्रराज पौडेलले सुनाए ।

महोत्सवमा गण्डकी प्रदेशका ५० भन्दा बढी होमस्टेहरुका स्टल रहने जनाइएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा रहेका होमस्टेहरुका नमूना होमस्टेहरुलाई निःशुल्क स्टल उपलब्ध गराइने अध्यक्ष पौडेलले बताए । महोत्सवमा १० वटा खानाका परिकारका स्टलहरुपनि रहने उनले जानकारी दिए । महोत्सवमा ग्रामिण पर्यटनसँग सम्बन्धित विभिन्न प्रवद्र्धनात्मक जानकारी दिने ब्रोसर, पर्चालगायतपनि वितरण गरिने उनले बताए ।

महोत्सवमा राखिएका होमस्टे मध्ये होमस्टे स्टल, कल्चर र खानाका परिकारलाई नगदसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । महोत्सवमा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजारसहित पुरस्कृत गरिने अध्यक्ष पौडेलले जानकारी दिए । सो अवसरमा ग्रामिण पर्यटन प्रवद्र्धनको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई समेत नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने मञ्चका निवर्तमान अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । महोत्सव सम्पन्न गर्न करीब ५० लाख खर्च लाग्ने अनुमान गरिएको मञ्चले जनाएको छ ।

कमेन्टहरु
Loading...