बिहीबार देखी पोखराबाटै श्रम स्वीकृति

पोखरा, २५ पुस /गण्डकी प्रदेशको राजधानी पोखराबाटै बिहीबारदेखि श्रम स्वीकृति जारी गर्ने भएको छ । वैदेशिक रोजागरीमा जाने कामदारहरुले सहजता लागि श्रम स्वीकृति लिन पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि श्रम स्वीकृति जारी गर्ने लागेको हो ।

श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाण्डौ धाउनुपर्ने अवस्थाको अन्त्य हुने छ । सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्नेछैन ।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो। यसअघि काठमाडौंमा श्रम स्वीकृति लिन जाने दैनिक एक हजार युवाहरुले समय, खर्च र सास्ती व्यहोर्नुपरेको थियो।

सेवा सुचारु गर्नका लागि वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर र प्राविधिक िपोखरा आइपुगेका छन् । सबै प्रणाली तयार गर्ने र बिहीबार देखि सहिद चोकस्थित जिल्ला समन्वय समिति भित्र रहेको श्रम कार्यालयबाट सेवा सुरु हुनेछ ।

कमेन्टहरु
Loading...