दिपक मनाङेको सपथ तत्कालका लागि नहुने

पोखरा, २२ पुस /मनाङ ख बाट गण्डकी प्रदेशको सासदमा विजयी भएका राजीव गुरुङ उर्फ दिपक मनाङेलाई तत्काल सपथ नहुने भएको छ ।

एक साता अगाडी सपथ ग्रहणको लागि गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका मनाङेलाई तत्काल सपथ ग्रहण नगराउने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको हो । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेको हो ।

समितिको बैठकमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई तत्काल सहभागी गराउन नसकिने बताएका हुन् । सर्वोच्चको आदेशमा थुनामुक्त भएतापनि मुद्धा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभा अन्योल रहेको थियो ।

मनाङेले गण्डकी प्रदेशमा पुस ११ गते निवेदन दिएपछि यसअघि पनि कार्यव्यवस्था परामर्श समितिमा अनौपचारिक छलफल भइसकेको थियो ।
मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका थिए । निर्वाचन जिते पनि उनले सांसदको हैसियतमा सपथ लिन पाएका छैनन् । सपथ लिनुअघि नै उनी कारागार चलान भएका थिए ।

कमेन्टहरु
Loading...