सपथका लागि भेटघाटमा व्यस्थ दीपक मनाङे

पोखरा, २३ पुस/मनाङ ख बाट गण्डकी प्रदेश सभामा निर्वाचित दीपक मानङे अर्थात राजीब गुरुङले सपथका लागि समर्थन जुटाउन लविङ थालेका छन् । सोमबार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र अन्य सांसदहरुलाई भेटेका छन् ।

सोमबारबाट गण्डकी प्रदेशको हिउँदे अधिबेसन सुरु भएको थियो संसद भवन पुगेर भेटघाट गरे । मनाङेका अनुसार सभामुख सँगको भेटको क्रममा आफ्नो सपथ कुनै पनि कानूनले नरोक्ने भएकोले सपथ गराउनु पर्ने माग गरेको बताए ।

भेटघाट पछि उनले सबै जना सकारात्मक रहेको बताए । उनले यतिका दिन सम्म करिसकेको बताउदै दुई चार दिन थप कुर्न कुनै कठिनाइ नहुने बताए । मनाङेले आफूले पहिलो पटक मूख्यमन्त्रीलाई भेटेको बताए । ‘पहिला दुई पटक टेलिफोनमा कुरा भएको थियो’ उनले भने, ‘आज पहिलो पटक भेट भयो, मैले उहाँसँग मेरो सपथका बारेमा कुरा राखेँ ।’

दीपक मनाङे अर्थात् राजीब गुरुङ गण्डकी प्रदेशमा (के के गरे तस्बिरमा)

कमेन्टहरु
Loading...