पोखराको खानेपानी शुद्धीकरण प्लान्ट, नेपालको खानेपानीको दोस्रो ठूलो आयोजना (यस्तो बन्दै)

पोखरा, २७ जेठ /पोखरामा वितरण हुने खानेपानीमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको छ । सो योजनाका लागि जापान सरकारको सहयोग संस्था (जाइका) ले नेपाललाई ४ अर्ब ८१ करोड जापानी येन अनुदान दिने भएपछि योनजा अगाडी बढेको हो ।

कास्कीको माछापुच्छे गाउँपालिकामा रहेको मर्दीखोला मुहानबाट पोखरामा १९ मा शुद्धिकरण गरेर पानीलाई पोखरामा वितरण गरीने छ । मर्दी खोलास्थित खानेपानी सुधारका लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले सन् २००४ मा अध्ययन गरेको थियो ।

पोखराको खानेपानी शुद्धिकरण प्लान्ट, नेपालको खानेपानीको दोस्रो ठूलो आयोजना
पोखराको खानेपानी शुद्धीकरण प्लान्ट, नेपालको खानेपानीको दोस्रो ठूलो आयोजना

संस्थानका अनुसार काठमाडौं उपत्यका बाहिर सुरु हुन लागेको पहिलो ठूलो आयोजना हो । जापानीज हाजमा एन्दो कर्पोरेसन कम्पनीले कामको जिम्मा पाएको छ । प्लान्ट निमार्ण पनि पोखरामा शुद्धपानी पिउन पाउने नेपाल खानेपानी कार्यालय पोखराका प्रमुख इन्जिनियर निरण महर्जनले जानकारी दिए । उनले दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने बताए ।

आयोजनाको निर्माण आगामी ३ वर्षभित्र सकिसक्ने संस्थानको लक्ष्य छ । खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको उनले जानकारी दिए । अनुदान रकम पानी शुद्धीकरण प्लान्ट निर्माण र पाइपलाइन विस्तारमा खर्च हुने उनको भनाई छ ।

पोखराको खानेपानी शुद्धिकरण प्लान्ट, नेपालको खानेपानीको दोस्रो ठूलो आयोजना
पोखराको खानेपानी शुद्धीकरण प्लान्ट, नेपालको खानेपानीको दोस्रो ठूलो आयोजना

उनले प्रशोधन केन्द्र निमार्ण गर्ने, पोखराका ३ ठाउँमा २०/२० लाख लिटर क्षेमताका रिजर्भवार पानी ट्याङकी बनाउने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने बताए । पोखराको पस्र्याङ, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गरिने उनको भनाई छ ।

यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्र भित्रका ४ लाख २५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन् । खानेपानी संस्थान अन्तर्गत पोखराका ४० हजार ५ सय घरधुरीमा खानेपानी धारा जडान भएको छ । पोखरामा दैनिक साढे ६ करोड लिटरको पानीको माग भएपनि हाल साढे ५ करोड लिटर मात्रै आपूर्ति हुँदै आएको छ ।

पोखराको खानेपानी शुद्धिकरण प्लान्ट, नेपालको खानेपानीको दोस्रो ठूलो आयोजना
पोखराको खानेपानी शुद्धीकरण प्लान्ट, नेपालको खानेपानीको दोस्रो ठूलो आयोजना

आयोजनाको खानेपानी मन्त्री बिना मगरले मंगलबार शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मर्दी मुहानमा शुद्धिकरण प्लान्ट बनाउन नेपाल सरकारले खानेपानी संस्थानलाई ऋण उपलब्ध गराउने छ । विसं २०८१ असार १५ गतेदेखि संस्थानले १ प्रतिशत ब्याज सहित नेपाल सरकारलाई ऋण बापतको किस्ता बुझाउने छ ।

कमेन्टहरु
Loading...