पोखरामा ठुलो वर्षा, ठाउँ ठाउँमा दुर्घटना

पोखरा, १७ भदौ /पोखरामा आइतबार साँझ ठुलो पानी परेको छ । करिब साढे पाँच बजे देखी परेका पानीका

कारण पोखरामा विभिन्न क्षेत्रमा जलमग्न भएको थियो । कार्यालय र विद्यालयबाट घर फर्किदै गरेका कर्मचारी

र विद्यार्थीहरु पानीका कारण अप्ठेरोमा परेका थिए । पोखरा ओद्यौगिक क्षेत्र अगाडी सडक र नाली पानील

सम्मै हुदाँ ४ वटा दुर्घटना भएको स्थानीय डिआर पोख्रेलले जानकारी दिए । कोही नालीमा खसेको थिए भने केही

मोटरसाइकल दुर्घटनामा परेका थिए । अन्य ठाउँमा पनि दुर्घटना भएको भन्दै सामाजीक सञ्जालहरुमा फोटो

पोस्ट गरेका थिए ।

 

कमेन्टहरु
Loading...