पोखरामा जारी भलिबलमा ढोरपाटन, नयाँबजार, जाउलाखेल बिजयी

पोखरा, ५ पुष/पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा ढोरपाटन, नयाँबजार, जाउलाखेल बिजयी भएका छन् । बिहीबार पोखरा रंगशालाको भलिबल खेल मैदानमा भएको खेलमा ढोरपाटन र नयाँबजारले बिजयी भएका छन् भने जाउलाखेलले वाकओभर पाउदै बिजयी भएको छ ।

हेल्प नेपाल खेल्न नआए पछि जाउलाखेल विजयी हुदै तीन अंक पाएको छ । त्यसै गरि अर्को खेलमा ढोरपाटनले जाउलाखेललाई हराउदै तीन अंक पाएको छ । ढोरपाटनले जाउलाखेललाई ३–१ को सेटमा हरायो । ढोरपाटनले २५–१७, १८–२१, २५–१५ र २५–१८ मा हरायो । जाउलाखेल र ढोरपाटन ३÷३ अंकका साथ अंक तालिकाको अन्तिममा छन् ।

बिहीबार नै भएको अर्को खेलमा नयाँबजार युवा क्बलले ढोरपाटनलाई सोझो सेटमा हरायो । नयाँबजार ९ अंकका साथ लिगको चौथो स्थानमा उक्लेको छ । खेलमा शसस्त्र प्रहरी १४ अंक साथ शीर्षस्थानमा छ । अहिले एपिएफ र पुलिस क्लब बिच खेल चलिरहेको छ ।

क्रस क्बल अंक
आर्मी १२
एपिएफ ११
पुलिस १०
नयाँ बजार 9
मणिमुकुन्द 5
ढोरपाटन 3
जाउलाखेल 3
हेल्प नेपाल 7
कमेन्टहरु
Loading...