पोखरामा टुसा व्यापार फस्टाउदैं, अन्य शहरबाट पनि माग

सुमन ढुंगाना
पोखरा, १६ साउन / पोखरामा वर्षायामको सुरुवात संगै पोखराको बजारमा बेग्लै किसिमको तरकारी पाइन्छ । माछापुच्छे र अन्नपुर्ण हिमालको फेदमा पाइने त्यो तरकारीको नाम हो टुसा । जंगली जनावरको आहार भएपनि अहिले बजारमा एसको माग अत्यन्तै बढि छ । टुसालाई पोखराको सिजनेवल चिनोको रुपमा पनि चिनिन्छ ।

जेठ महिना लागेपछि पोखराको मुख्य चोकहरुमा टुसा खोज्नेहरुको भिड देख्न सकिन्छ । हेर्दा सानो लठ्ठीको मुठा जस्तो देखिने टुसा माछापुच्छ्रे र अन्नपुर्ण हिमालको फेदमा पाइने मालिंगे जातको निगालोको भर्खरै पलाएको टुसा हो । यो टुसा कास्कीको ल्वाङघलेल, सार्दीखोला र माछापुछ्रेमा पाइन्छ । समुन्द्री सतहबाट २५०० देखि ३५०० मिटर उचाइमा पाइने टुसा पछिल्लो समय बर्षायामको पहिलो रोजाइको तरकारी हो ।

नेपालका अन्य भूभागमा एस्तो टुसा बिरलै पाइने भएकाले पनि एसको माग अत्यन्तै छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने र जंगली जनावर भालु, मृग लगाएतका जनावरको प्रमुख आहारा भएपनि केहि वर्षअघि सम्म बजारमा बिनारोकतोक टुसाको बिक्रि वितरण भैरहेको थियो ।

केहि गर्दा पनि टुसाको तस्करी नरोकिए पछि हाल आएर टुसा पाइने सिजनमा टेन्डरनै खोलेर १ महिना टुसा टिप्न दिन थालिएको छ । यो वर्ष माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ सार्दीखोला, वडा नम्बर १ माछापुच्छ्रे र वडानम्बर ८, ९ ल्वाङघलेल गरि तीन ठाँउमा तीन ठेकेदारलाइ ६ लाख वटा टुसा टिप्न एक्यापले अनुमति दिएको छ ।

ठेकेदारले प्रति टुसा १० पैसा राजस्व सरकारलाई बुझाउन पर्छ । टुसा ब्यापारलाई बैधानिकता दियपछि एसको माग अत्यन्तै बढेको छ । पोखरा, काठमाण्डौं, चितवन लगायतका अन्य बजारमा समेत टुसा जान थालेको छ । टुसा वर्षायामको पोखराको चिनो भएको ब्यापारी बताउछन् ।

अहिले पोखरामा टुसा प्रति मुठा ५० देखि १०० रुपैयामा बिक्रि भैरहेको छ । टुसाको व्यापार र माग फस्टाएको छ अनि सरकारले केहि राजस्व संकलन पनि गरेकै छ । जंगली जनावरको प्रमुख आहार एसरी ब्यापार हुँदा त्यसले पार्ने प्रभाव बारे प्रश्न उठ्नथालेको छ । यो बिषयमा एक्यापका संरक्षण अधिकृत ऋषि बरालले जंगली जनावरलाई आहारमा कमि नआउने गरि टुसा टिपिएको बताए ।

कमेन्टहरु
Loading...