पोखराका १० ठाउँमा ट्राफिक लाईट तयारी

पोखरा, २२ फागुन /पोखरा महानगरपालिकाका मेयर(प्रमुख) मानबहादुर जिसीले सडक सञ्जाल बन्दैन भने पर्यटन प्रवद्र्धन हुनै नसक्ने दावी गरेका छन् । पश्चिमाञ्चल होटल संघको १९ औं अधिवेशनलाई सम्बोधन पोखरालाई पर्यटनको राजधानी भनिएपनि आत्मसन्तुष्ट भए नभएको बताए ।

‘सडक सञ्जाल बन्दैन भने जति हिमाल हाँसेपनि पोखरामा पर्यटक बढ्दैनन्,’ मेयर जिसीले भने–‘जहाजले मात्रै बोकेर पार लाउदैन् ।’ उनले मुस्ताङ, मनाङ र ढोरपाटन क्षेत्रलाई सडक सञ्जालले जोड्नुपर्नेमा जोड दिए ।

सडक सञ्जाल व्यवस्थित महानगरपालिका सचेत रहेको उल्लेख गर्दै पानी पर्यो भने कति खाल्टा पर्यो भन्ने चिन्ता हुने बताए । ‘ट्याक्सी गुड्ने सडकमा १२ चक्के गाडी गुडाएपछि बाटो रहन्छ ! प्रश्न गर्दै भने–‘अब टालटुले होईन मंहगो भएपनि कोरियन कम्पनीसँग सडक मर्मत गर्ने अध्ययन गर्न सम्झौता गरिएको छ ।’ उनले पोखराको पर्यटन बसपार्क निर्माण यथासिघ्र छिटो शुरु गर्ने समेत जानकारी दिए ।

पोखराको लेकसाईड क्षेत्रमा मात्रै नभई बजार क्षेत्रमा पनि सिसी क्यामेरा जडान गर्ने काम समेत शुरु गरिएको बताए । उनले त्यसको लागि आवश्यक प्राविधिकको अभावले केही ढिलो भएको भन्दै प्राविधिकहरु काठमाडौंबाट मगाइर्एको सुनाए ।

‘छोटो दुरीमा चोक छन् । सडक व्यवस्थित गर्न १० ठाँउमा ट्राफिक लाईटको व्यवस्थापन गर्दै छौं ,’ उनले भने–‘महानगरपालिकाले पाँच वटा ठाँउ र सडक विभागले ५ ठाँउमा लाईट जडान गर्ने तयारी छ ।’ मेयर जिसीले ताललाई संरक्षण गर्दै उपयोग गर्नुपर्ने बताउँदै ताल किनारको हिमागृह र रत्नमन्दिरलाई आम्दानीको स्रोतको रुपमा उपयोग गर्ने गरी खुला गर्नुपर्ने ध्यानाकर्षण गराए । ‘व्यवसायिक प्रायोजनको लागि अब ढिला गर्नुहुन्न ।’ उनको भनाई थियो ।

कमेन्टहरु
Loading...