पोखराका मेयर चीन प्रस्थान, फेवा –बेगनास मोनो रेल सम्भाव्यताको निमन्त्रणा दिने

पोखरा, २ असोज / पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी ‘एसियन विजनेस एक्स्पो’मा सहभागी हुन्

चीन प्रस्थान गरेका छन् । चिनको ‘चेङ्दु’ प्रान्तमा हुने एक्स्पोमा भाग लिन मेयर जिसी, स्वकिए सचिब लक्ष्मण

तिमिल्सिना, र लक्ष्मण गिरी त्यस तर्फ सोमबार लागेका हुन् । मेयर जिसीले फेवा—बेगनास मोनो रेल सम्भाव्यता

अध्ययनका लागि चिनका विज्ञलाई आधिकारीक निमन्त्रणा दिने कार्यक्रम रहेको छ । चीन जान अघि स्वकिए

सचिब तिमिल्सिनाले रेल सम्भाव्यता अध्ययनका लागि निमन्त्रणा दिने उनले फेसबुकमा लेखेका छन् । सोही

अवसरमा मेयर जिसीले ‘टुरिजम प्रमोसन इन नेपाल’ शिर्षकमा २५ मिनेटको प्रस्तुती राख्ने छन् ।

कमेन्टहरु
Loading...