पोखरा ट्रेडमलको दशै तिहार उपहार नै उपहार योजना, ग्राहकलाई १२ लाखको उपहार

पोखरा, १३ भदौ /पोखराको चिप्लेढुंगामा दुई वर्ष देखि सञ्चालित पोखरा ट्रेड मलमा सामान किन्दा उपहारै उपहार प्राप्त गर्न सकिने योजना सार्वजनीक भएको छ । ग्राहकको हितलाई मध्यनजर गरी ट्रेड मल व्यवस्थापनले दशै र तिहारलाई लक्ष्ति गर्दै उपहार योजना सार्वजनिक गरेको हो ।

दशैं तिहार मेला अन्तर्गत ग्राहकलाई निःशुल्क बम्पर उपहार कार्यक्रम ल्याइएको ट्रेड मलका सञ्चालक मिनराज काफ्लेले जानकारी दिए । जसअन्तर्गत साप्ताहिक र बम्पर उपहार योजना सार्वजनिक गरिएको छ । यो योजनाका लागि महले करिब २० लाख खर्च गर्ने उनले बताए । उनले उपहारका लागि मात्रै १२ लाख ११ हजार रुपैया खर्च हुने बताए ।

बम्पर उपहार योजना अन्तर्गत भाग्यमानी ग्राहकले १ लाख रुपैया पाउने छन् । बम्पर उपहार योजना अन्तर्गत प्रथम पुरस्कार ५० हजार नगर र ५० हजार बराबरको सपिङ भौचर पाउने छन् । त्यसै दोस्रो हुनेले ६० हजार बराबरको नगद र सपिङ भौचर, तेस्रो हुनेले ४० हजार बराबरको नगद र सपिङ भौचर, चौथो पुरस्कार २५ हजार बराबरको नगद र सपिङ भौचर र पाँचौ पुरस्कार ५ जनालाई १०/ १० हजार बराबरको नगद र सपिङ भौचर प्रदान गरिने पोखरा ट्रेडमल दशै तिहार उत्सवका संयोजक रामकुमार श्रेष्ठले जानकारी दिए ।

साप्ताहिक उपहार अन्तर्गत पहिलो ६ जनालाई ५ हजारको दरले सपिङ भौचर, दोस्रो पुरस्कार १८ जनालाई ३ हजारको सपिङ भौचर, तेस्रो हुनेलाई २४ जनालाई २ हजारको सपिङ भौचर, चौथो पुरस्कार २४ जनालाई १ हजारको सपिङ भौचर र अन्य गिफ्ट ह्याम्पर प्रदान गर्ने श्रेष्ठले बताए ।

पोखरा ट्रेड मलभित्रका जुनसुकै पसलमा सामान खरिद गर्दा कुपन प्राप्त गर्नेछन् । न्युनतम १ हजार रुपैयाँ बराबरको सामान खरिदमा १ थान कुपन र ३ हजार वा सोभन्दा बढी रुपैयाँ बराबरको सामान खरिदमा ३ थान कुपन प्राप्त गर्न सकिनेछ । मलभित्र आउने ग्राहकको हितलाई ख्याल गर्दै चाडपर्वको अवसरमा उपहार योजना ल्याइएको मलका सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए । ‘उपहार योजना निकै प्रभावकारी बनेको पाएका छौं,’ उनले भने, ‘उपहार योजनाका कारण ट्रेड मलमा सपिङ गर्ने ग्राहकको संख्यामा बृद्धि हुने अपेक्षा गरेका छौं ।’

गत वर्ष ट्रेड मल सञ्चालन भएको अवसरमा उपहार योजना ल्याइएको थियो । यस पटकको उपहार योजना भदौ १५ देखि कात्तिक १५ गतेसम्म लागु हुने उनले जानकारी दिए । पोखरा ट्रेडमलमा करीब ३ सय पसलहरु छन् । पोखरा ट्रेडमलको बम्पर उपहार योजनाले पोखरेलीहरुमा दशैं तिहारको बहार ल्याउने टे«डमलका कम्पनी सचिब माधब तिमिल्सिनाले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...