चिनियाँ कम्पनीद्वारा काठमाडौं -पोखरा रेल्वे अध्ययन मस्यौदा सरकारलाई

काठमाडौं, २६ जेठ/चिनियाँ कम्पनीले काठमाडौं-पोखरा रेल्वे लाइनको सम्भाव्यता अध्ययनको मस्यौदा सरकारलाई बुझाएको छ ।

पोखरा विमानस्थलको निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ लिमिटेडले पोखरा–काठमाडौं रेल्वे लाइनको सम्भाव्यता अध्ययनको ड्राफ्ट सरकारलाई बुझाएको छ। ‘ड्राफ्ट रिर्पोट मन्त्रालय हुँदै रेल्वे विभागमा पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत मंसिर १५ गते सो कम्पनीलाई पोखरा–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न स्वीकृति दिएको थियो।

चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एड्माइरल सन जियाङ्गुओले र उपप्रधान तथा रक्षा मन्त्री भीम रावलसँग रक्षा मन्त्रालयमा भएको भेटवार्तामा चिनियाँ पक्ष रसुवागढी, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल पु¥याउन तत्पर रहेको बताएका थिए। चीनले सन् २०२० सम्म सिगात्सेबाट केरुङसम्म रेल सेवा विस्तार गर्ने योजनाका साथ काम गरिरहेको छ।

कमेन्टहरु
Loading...