पोखरा- काठमाडौं सडक ६ लेनको बन्ने

पोखरा, ६ पुष /अर्थमन्त्री युवराज खतिवडाले पोखरा काठमाडौंको सडक ६ लेनको बनाउने तयारीमा सरकार लागेको बताएका छन् ।

उनले ४ लेनको डेडिकेट सहित ६ लेनको पोखरा जोड्ने सडक निमार्णका लागि दातृ राष्ट्रसंग कुरा भइरहेको उनले सुनाए । पोखरामा आउने सडक स्थर उन्नति र विस्तारको काम काम नहुदाँ यात्रा अप्ठेरो हुने गरेको बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्ै निर्माण सम्पन्न गर्ने, पोखराका ९ वटा तालको विकास र संरक्षणकालागि एकीकृत रुपमा काम गर्न स्थानीय र प्रदेश सरकार संग सहकार्य गरि अघी बढ्ने पनि उनले सुनाए । बिहीबार पोखराको लेखनाथमा शुरु भएको लेखनाथ महोत्सवको उद्घाटन गर्दै त्यस्तो बताएका हुन् ।

कालोपत्रे गरेको सडक कार्पेट झै उप्कियो, स्थानीय आक्रोशित

 

कमेन्टहरु
Loading...