पोखरा-काठमाडौं हवाइ भाडा घट्यो

काठमाडौं, २८ पुस /नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालक संघले हवाइ भाडा घटाएको छ । आयल निगमले शुक्रबार आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएको थियो ।

यसअघि निगमले १ सय ४ रुपैयाँ ५० पैसा लिटरमा आन्तरिक वायुसेवालाई हवाई इन्धन बेच्ने गरेको थियो । माउन्टेन फ्लाइटसहित ११ आन्तरिक गन्तब्यका लागि घटेको भाडादर आइतबारदेखि लागू हुनेछ ।

संघका अनुसार आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४ सय ४० रुपैयाँसम्म भाडा घटाएका छन् । काठमाडौं पोखरा १ सय ५५ रुपैया भाडा घटेको छ ।

नयाँ भाडादर अनुसार अब काठमाडौंबाट पोखरा ५ हजार ५०, विराटनगर ७ हजार ५ सय ५०, जनकपुर ४ हजार ३ सय, भैरहवा ६ हजार २ सय, नेपालगञ्ज १० हजार र भद्रपुर ९ हजार १ सय कायम भएको छ ।

कमेन्टहरु
Loading...