तिहारमा पोखरामा करिब ५० लाख बराबरको मिठाई बिक्रि

सागर राज तिमिल्सिना
पोखरा, ३ कात्तिक/दाजुभाई र दिदी बैहिनीहरुलाई मिठा परिकार दिनका लागि पोखरामा करिब ५० लाख बराबरको मिठाईको कारोबार भएको छ । अन्य समयमा भन्दा तिहारको बेलामा मिठाईको कारोबार बढि हुने गरेको छ । पोखरामा आँगन, न्यु मारवाडी, देउराली मिडाइ लगायतका ठूला मिठाई पसलहरुले वर्षौभरि मिठाई बिक्री गर्दै आएकोमा अन्य साना पसलहरुले समेत तिहारलाई लक्षित गरी आफ्नो पसलमा मिठाई सजाएर विक्रि गरेका थिए ।

पोखराको चिप्लेढुंगास्थित न्यु मारबाडी सेवा भोजनालयका सञ्चालक प्रेमचन्द उपाध्यायले अन्य समयमा भन्दा तिहारको बेलामा बिक्री भएको बताए । उनले करिब ५ लाख बराबरको मिठाइ विक्रि भएको बताए । पहिले मिठाएको पर्चन नभए पनि पछिल्लो सयमामा मिठाइ प्रति आक्रषण बढ्दै जादा ५० लाख बराबरको कारोबार भएको हो । व्यस्थ दैनिकीले गर्दा पनि मिठाइ पर्ति आक्रषण बढेको सन्चालकहरु बताउ छन् । न्यूरोडस्थित आँगन रेष्टुरेण्टका सञ्चालक देव क्षेत्रीले करिब १० लाखको कारोबार भएको बताए ।

पोखरामा प्रतिमिठाई २० देखि २ सय रुपैयाँ पर्दछ । तिहारलाई लक्षित गरी नौ सयदेखि १२ सय रुपैयाँ किलोसम्म विभिन्न थरिका मिठाइ बिक्री भएका थिए । तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको टीकोसहित मिठा मिठा परिकार खुवाउनका लागि ठूलो मात्रामा मिठाइ खरिद हुने गरेको छ ।

कमेन्टहरु
Loading...