पोखरामा १० करोड ठगी प्रकरणः जसुदा भन्छिन्–‘म फरार छैन, ज्यान जोगाउन भागेकी हुँ’

पोखरा, १७ चैत /१० करोड ठगीको आरोप लागेकी पोखरा गणेशटोलकी जसुदा पौडेलले आँफु बेपत्ता नभएको भन्दै प्रहरीकोमा पुगेकी छन् ।

पारिवारिक कारणले ब्यवहार बाट केही पर रहेपनि आँफु फरार नभएको दावी गरेकी हुन् । उनले प्रहरीका पुगेर आफ्नो ज्यानको रक्षाका लागि माग गरेकी छन् । प्रहरीले पनि उनी विरुद्ध कुनै ठगि मुद्धा नपरेको बताए ।

उनले आइतबार गण्डकी टेलिभिजनसँगको कुराकानीमा पूर्वपतिले कुटपिट गरेपछि ज्यान बचाउन भागेको बताएकी छिन् ।

‘आफ्नै कारणले ३ दिनदेखि म बाहिर छु । त्यो त मेरो अधिकारको कुरा हो । मलाई तनाव भएर मर्छु भनेर हिडेकी थिएँ, उनले भनिन्–दिमागले काम नगरेर हिडेको हो । डिभोर्सको केसले गर्दा यातना भोग्नुपर्यो । ज्यान बचाउनका लागि भागेको थिएँ । पूर्वपतिले कुटपिट गर्नुभयो । त्यसपछि मैले ब्यवहार भन्दा बढी आफ्नै बारेमा सोच्नुपरेको हो ।’

उनले समाचार चाहीँ पूरै फेक भएको प्रतिक्रिया दिएकी छिन् । ‘मैले कसलाई ठगेँ ? नाम आएका ब्यक्तिहरु फेक हुनुहुन्छ, उनी भन्छिन्–मलाई चरित्र हत्या गरियो । पागल बनाईयो । तिर्नुपर्ने भन्दा धेरै सम्पत्ति भएको मान्छे भाग्नुपर्ने आवश्यक्ता छैन । म तिर्न सक्छु ।’

तर उनैले फेक भनेका मान्छेहरुसँग कारोबार रहेको केहीबेरमै खुलाएकी छिन् । पूर्वपतिले नियोजित रुपमा समाचार निकाल्न लगाएको उनको आरोप छ । पूर्वपतिले आँफुलाई झुक्याएर डिभोर्स गराएको आरोप लगाउँदै उनले भएको सम्पत्ति बेचेर ऋण तिर्ने र बाँकी रहेको भाग लगाउनुपर्ने बताएकी छिन् । सहमतिमै डिभोर्स गरेर भोलिपल्टैदेखि श्रीमानले फरक ब्यवहार गरेको उनको आरोप छ ।

सहकारी र ब्यक्तिसँग पनि रकम लिएर ठगी गरेको समाचार आइतबार गन्थन डट कम सहित पोखराका विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएको थियो ।

पोखरामा करोडौ ठगेर एक महिला फरार

कमेन्टहरु
Loading...