कर एक रुपैयाँ कम र बढि नलिन महागनर प्रमुख जिसीको निर्देशन

पोखरा ९ कात्र्तिक । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कर्मचारीलाई सेवाग्राहीसंग एक पैशा बढि र एक पैशा कम राजस्व नलिन निर्देशन दिएका छन् । उनले आर्थिक रुपमा पारर्दशी, हसिलो अनुहार र मिठो बोली सहित सेवाग्राहीलाई सेवा प्रवाह गर्न आग्रह समेत गरेका छन् । पोखरा महानगरपालिकाले कर तथा राजस्व परिचाल सम्वन्धि एक दिने अनुशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गदै उनले जनतासंग राजस्व लिदा कुनै अनुचित रुपमा ब्यक्तिगत फाइदा लिएको पाइएमा कम्परमाइज नहुने बताए ।

‘आर्थिक प्रशासनमा मिलाउने भन्ने हुदैन, यदि भएको प्रमाण फेला परे कम्परमाइज हुदैन् ।’ उनले पैशा भन्दा ठूलो सामाजिक प्रतिष्ठा हुने बताउदै पैशा जति भएपनि केही नहुने भन्दै आर्थिक प्रलोभनमा नपरि इमान्दारीताका साथका काम गर्न कर्मचारीलाई निर्देशन दिए ।‘कर तिर्न आउने सेवाग्राहीलाई गोप्पे कोठामा लैजाने वातावरण नहोस ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले करमा मिलेमतो भएको पुष्टि भएमा च्यापनि गर्न नपाउने चेतावनी कर्मचारीलाई दिए । करमा तलमाथि गरेको प्रमाण फेला परे तपाईहरुको कुनै अनुरोधलाई मान्न तयार छैनौ तत्काल बर्खास्त गरिन्छ, त्यसैले राम्रो काम गर्नुस उनले भने । ‘कर्मचारीमा इमान्दारीता, कर्तब्य निष्ठ र अनुशासित हुनुपर्छ, कर प्रशासनमा कुनै क्षेमा हुदैन् ।’

कर संकलन गर्ने नागरिकको सेवा र सुविधाको लागि हो प्रशासकीय अधिकृत पौडेलले भने, कसैको विलासिता का लागी हैन् । उनले जनताले वडाबाटै सहज सेवासुविधा प्राप्त गरुन भनेर धेरै अधिकार प्रत्योजन गरिएको बताउदै करका बारेमा धेरै टिकाटिप्पणी भैरहेको बताउदै त्यसलाई सुधार गर्न आग्रह गरे ।

महानगरभित्रका ३३ वटै वडाका सचिव, कर तथा राजश्व प्रशासनसंग सम्वन्धित कर्मचारीलाई शुक्रबार अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । महानगरले हालै संचालनमा ल्याएको कर प्रणाली, करका क्षेत्र, करका शुल्क लगायतका बारेमा जानकारी गराएको थियो । कार्यक्रममा राजस्व लेखाङकन बारे महानगरका लेखा नियन्त्रक बसन्त सिग्देल र करका प्रकार, दर, शुल्क लगायतका बारेमा कर अधिकृत छविलाल शर्मा र निर्मल लामिछानेले अनुशिक्षण गरेका थिए ।

कमेन्टहरु
Loading...