पोखरामा साढे तीन लाख सहित १० जना जुवा खालबाट पक्राउ

पोखरा, १४ कात्तिक / कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ८ आलुमाइलाचोक एक घरमा जुवातास खेल्दै गरेका १० जनालाई पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलिले १ बुक तास र नगद ३ लाख ५७ हजार ५ सय ५० सहित १० जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...