पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन निमार्ण सुरु, थप जग्गा चाहिदैन –मन्त्री अधिकारी

सागर राज तिमिल्सिना

पोखरा, ६ भदौ / राष्ट्रिय गौरवको योजना अन्तरगतको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन

निर्माण कार्य सुरु भएको छ । ट्रमिनल भवनको बुधबरा पर्यटन तथा नागरिक उड्यामन्त्री रविन्द्र अधिकारीले

निर्माण कार्यको शिलन्यास गरे । टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ ।

८ हजार स्क्यार मिटर अन्तराष्ट्रिय उडान र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार

मिटरको ट्रमिनल भवन निर्माण नागरिकउडेयन प्राधिकरणले जानकारी दिएको छ । ट्रमिनल भवनमा वार्षिक ५

लाख क्षमताको हुने छ ।

यात्रुहरु जहाजमा जनाका लागि ट्रमिनल भवन प्रयोग गर्नु पर्ने हुन्छ । विमानस्थलको निमार्णका काम अहिले सम्म

१५ प्रतिशत भन्दा बढि सम्पन्न भईसको छ । विमानस्थलको डिजाईन पनि टुंगो लागेको छ । सोही अवसरमा

डिजाइन सार्वजनीक गरिएको थियो । मन्त्री अधिकारीले विमानस्थलको रन वेका लागि थप जग्गा आवश्यक

नभएको बताए ।

उनले पोखराको भौगोलिक अवस्था अनुसार १९२ सिट क्षमताको जहाज मात्र उड्ने र त्यसका लागि अहिलेको २

हजार ५ सय मिटरको रन वे नै पर्याप्त रहेको बताए । केही दिन पहिले थप जग्गा अधिगरण गर्ने भन्दै

विमानस्थलले सर्भेका लागि सुचना निकालेको थियो । मन्त्री अधिकारीले एक महिना पछि रन वे निमार्णको काम \

सुरुहुने र सन् २०१९ को जुन÷जुलाई सम्म सम्पने गर्ने बताए ।

विमानस्थलका लागि पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा अधिग्रहण गर्ने भन्दै ४ सय रोपनी जग्गा अधिगहण

गर्ने भन्दै सुचना प्रकाशन गरेपछि स्थानीय आन्दोलीत भएका थिए । तर मन्त्री अधिकारीले अब कुनै पनि कामका

लागि तत्काल जग्गा अधिग्रहण गर्न आवश्यक नरहेको बताए । उनले पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा

चाहिए अहिले विमानस्थलभित्रै बनाउन सकिने र थप जग्गा चाहिए स्थानीयलाई चित्त बुझाएर खरिद गर्ने बताए ।

सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईलाई ठेक्का दिएको थियो । निर्माण गर्ने र

निर्धारीत समयमा नसके क्षतिपूर्ति समेत सरकारलाई दिनुपर्ने सर्त भएको इपीसी मोडलमा सीएएमसीईले ठेक्का

लिएको हो । निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नु

पर्नेछ । झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई विमानस्थल निर्माणका लागि दिएको

र त्यसैले विमानस्थल निमार्णको काम भई रहेको छ ।

३७ सय रोपनीमा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य भइरहेको छ । सरकारले २०३१ र हालै गरी दुई चरणमा

त्यति जमिन अधिग्रहण गरेको थियो । ११ अगस्त २०१७ बाट निर्माण सुरु गरेको चिनिया निर्माण कम्पनी

सीएमसीइले २०२१ जुलाईमा निर्माण सम्पन्न गर्नुपर्ने छ ।

 

कमेन्टहरु
Loading...