पोखरामा अव्यवस्थीत तार व्यवस्थापन सुरु

पोखरा, २७ मंसिर/ सडकमा जथाभावि रुपमा टागिएका तारका कारण कुरुप र दुर्घटनाको जोखिम बढेपछि पोखरा महानगरपालिकाले तार हटाउन सुरु गरेको छ । अव्यवस्थित रुपमा टागिएका तारका कारण सर्वसाधरण मात्र हैन स्वयम महानगर पनि समस्यामा पर्दै आएको थियो ।

नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, टेलनेट प्रा.लि. इन्टरनेट सेवा प्रदायक संस्था, केबल व्यवसायी लगायतका संस्थाहरु सहित मंगलबार महानगरमा बसेको बैठकले तार व्यवस्थापन गर्न सहजिकरण समिति गठन गरेको थियो ।

बिहीबार पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सिदार्थ चोकको पोलमा टागिएकोे तार काटेर तार हटाउने कार्य सुरु गरे । पहिलो चरणमा बिपी चोकबाट सभागृह हुँदै नयाँबजार र सिर्जना चोक, हल्लनचोेकमा तार व्यवस्थीत गर्ने योजना छ । मेयर जिसीले आफ्नो तार आँफै व्यवस्थापन गर्नुपर्ने उनले सुनाए ।

तार व्यवस्थापनको राम्रो विकल्य अन्डर ग्राउन्ड गर्नु नै रहे पनि तत्काल सर्वसाधारणमा महानगर यसप्रति चिन्तित छ भनेर सकारात्मक सन्देश दिनु रहेको उनले सुनाए । अव्यवस्थीत तारका कारण पोखरामा दुर्घटनाको जोखिम बढ्दो छ ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रशासकीय प्रमुख अधिकृत शेषनारायण पौडेलसहित बसेको बैठकले महानगरका उपसचिव तथा सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार सहजिकरण समिति गठन गरेको थियो ।

 

कमेन्टहरु
Loading...