तारचुडिए पछि पोखरामा ११ घण्टा विद्युत अवरुद्ध

पोखरा, १८ असार /पोखरामा बिजुलीको तार चुडिदा ११ घण्टा विद्युत अवरुद्ध भएको छ ।

मंगलबार साँझ हावाहुरीले पोखराको अमरसिंह क्षत्रेमा विजुलीको तार चुडिए पछि पोखराका अधिकांस क्षेत्रमा विद्युत बन्द भएको थियो ।

हावाहुरी पछि पानी परेका कारण समयमै बनाउन नसकिएको विद्युत प्राधिकरण पोखरा शाखाले जनाएको छ ।

पानी आउन बन्द भए पछि राती नै तार बनाएपछि विद्युत विहान करिब ६ बजे आएको थियो ।

कमेन्टहरु
Loading...