पोखरामा ट्याक्टरको ठक्करले महिलाको मृत्यु

पोखरा, ४ बैशाख /पोखरामा भएको ट्याक्टरको ठक्करले महिलाको मृत्यु भएको छ । मंगलबार साँझ पोखराको चाउथेमा ग १ त ३१५७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय ५० बर्षिया रमा खड्का घाईते भएकी थिईन् ।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । दुईवटा ट्याक्टर प्रतिश्पर्धात्मक रुपमा गुडिरहेको र एकले अर्कोलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना पछि ट्याक्टर चालक फरार छन् । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । महिलाको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

कमेन्टहरु
Loading...