पोखरामा सम्पन्न खुल्ला पौडीको उपाधि शिरिषलाई

पोखरा, २६ असोज / ओलम्पियन शिरिष गुरुङ्गले पोखराको फेवातालमा सम्पन्न ८ औं ओपन वाटर स्विमिङ्ग च्याम्पियनसिप २०१८

जितेका छन् । उनले २.५ कि.मि.को दुरी २१ मिनट ३२.६७ सेकेन्डमा पुरा गरे । गुरुङ्गले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

गुरुङ्गले पाँचौं र छैटौं संस्करण पनि जितेका थिए । यस अघिको संस्करण एपिएफका देवेश मानन्धरले जितेका थिए ।

नेपाल पौडी संघको आयोजनमा फेवातालस्थित बाराही घाटमा भएको च्याम्पियनसिपमा वेदज्ञराज जोशी २१ मिनट ३८.३१ सेकेन्ड समयका

साथ दोश्रो भए । उनले नगद १५ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा अविरल भंडारी रहे । उनले २१ मिनट ४२.३१

सेकेन्ड समय खर्चे । भंडारीले नगद १० हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरे ।

महिला तर्फको प्रतिस्पर्धामा उपास्ती महर्जनले २२ मिनट ३३.३५ सेकेन्ड समय खर्च गर्दै स्वर्ण हात पारिन् । उनले नगद १५ हजार प्राप्त गरिन् ।

यसैगरि २३ मिनट ५५.९५ सेकेन्ड समयका साथ समिरा शोभा थापाले रजत जितिन् । कास्य पदक जितेकी श्रेवी महर्जनलले २४ मिनट ०५.७७

सेकेन्ड समय लगाईन् । रजत र कास्य पदक जित्नेले क्रमशः नगद १० र ८ हजार नगद प्राप्त गरे ।

कास्की जिल्लाको लागि मात्र भएको प्रतिस्पर्धामा धनमान गुरुङ्गले २६ मिनट ४८.७४ समयका साथ स्वर्ण पाए । उनले नगद ८ हजार प्राप्त

गरे । दोश्रो भएका अर्जून नेपालीले नगद ५ हजार प्राप्त गरे । उनले ३० मिनट १८.१० सेकेन्ड समय लगाए । तेश्रो स्थानमा रहेका ठाकुर

चौधरीले ३३ मिनट ५६.४९ सेकेन्ड समय लगाए । चौधरीले नगद ३ हजार प्राप्त गरे ।

बिदेशी खेलाडीहरुको प्रतिस्पर्धामा स्पेनका खेलाडीहरुले जित निकाले । गार्सिया डेलगाडो मार्टाले पहिलो स्थान हात पारिन् । उनले २८

मिनट ५१.६० सेकेन्ड समय लगाईन् । दोश्रो स्थानमा मिचेल वेल्चले ३१ मिनट ३६.१० सेकेन्ड समय खर्चिन् । यसै गरि अवेरो मारियाले

३५ मिनट २०.०३ सेकेन्ड समयका साथ तेश्रो भईन् । विदेशी खेलाडीहरुले प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी कास्कीका प्रदेश सभासद राजीव पहारी, सेनाका गण्डकी पृतनापती रथी काजी बहादुर खत्री, एसपी

ओम राना, नेपाल पौडी संघका उपाध्यक्ष महेश नेवाः र महासचिव जगतमान श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कास्कीका ६, बिदेशी ५, महिला १० गरि कुल ४० जनाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...