पोखरा फुटबल स्टेडियको टेण्डर प्रक्रिया मूल्यांकनमै अड्कियो

पोखरा, ८ भदौ / महिला साग फुटबललाई लक्षित गर्दै निर्माणको तयारी गरिएको पोखरा फुटबल स्टेडियम टेण्डर

प्रक्रियाको मूल्यांकनमै रोकिएको छ । गएको साउन ८ गते स्टेडियम निर्माण गर्न दुई कम्पनीले चासो

देखाएपछि ती कम्पनी बीच मूल्यांकन गरिदैं छ । राष्ट्रिय खेलकुद परिषदले दुई कम्पनीको मूल्यांकनलाई झण्डै

महिनादिन वित्दा पनि अझै फाईनल गरिसकेको छैन् । यसले गर्दा पोखराका फुटबल प्रेमीमा आंशका उब्जिन

थालेको छ ।

पोखरा रंगशालाको फुटबल स्टेडियम बनाउन सिएमई कन्ट्रक्सन प्रोलेक्ट बेइजिङ कम्पनी लिमिटेड चीन तथा

सि.ए. बी कन्ट्रक्सन एच.डी लिमिटेड जावलाखेल ललितपुरको संयुक्त र ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन

जवलाखेल ललितपुरको संयुक्तले चासो दिएका हुन् । कम्पनी चार भएपनि जोईन्ट भेन्चरमा काम गर्ने गरी

खरीद गरेका छन् । अहिले मूल्यांकनमा छन् ।

‘टेण्डरको प्राविधिक मूल्याकन हुदैं छ ।’ राष्ट्रिय खेलकुद परिषदका पुर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख

अरुण उपाध्यायले भने–‘मन्त्री र परिषदका सदस्य सचिव एशियन गेम्समा गएकोले ढिलाई हुन पुगेको छ ।’

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा तथा परिषदका सदस्य सचिव केशवकुमार विष्ट १८ औं एशियन

गेम्सको लागि इण्डोनेसिया गएका छन् । इण्डोनेसियाबाट फर्किएपछि मूल्यांकनको काम टुग्याई आर्थिक

प्रस्तावमा लैजाने उनले सुनाए ।

‘मूल्यांकन सकिने वित्तिकै आर्थिक प्रस्तावको टेण्डर प्रक्रिया गर्छौ ।’ उनले भने–‘मूल्यांकनमा दुवै पास भए

आर्थिक प्रस्ताव गरिने छ ।’ मूल्याकनमा दुवै कम्पनी पास हुन पनि सक्छन् नहुन पनि सक्छन् । एउटा मात्रै

पास पनि हुन सक्ने छ । गत वर्षपछि अन्तिममा एउटा मात्रै कम्पनीलाई रद्द गर्दै पुर्नटेण्डर आह्वान गरिएको हो ।

आगामी फागुनमा साग गेम्स आयोजना गरिदैं छ । त्यसको लागि आवश्यक पुर्वाधार तयार पार्नुपर्ने खाँचो

नेपालको काँधमा छ । तर मुख्य पोखराको फुटबल स्टेडियम बन्नेमा अझै ढिलाई हुने संकेत देखिदैं गएको छ ।

यसले गर्दा गतवर्ष झै रद्द नै हुन्छ कि भन्ने पिरलो पनि पोखराका फुटबलप्रेमीले गर्दै आएका छन् । टेण्डरपछिको

मूल्यांकन प्रस्तावमा गहन छलफल गर्नुपर्ने जनाउँदै समय यकिन नै नहुने उनको भनाई थियो ।

खेलकुद परिषदले स्टेडियम निर्माण गर्न गत जेठ २५ गते टेण्डर आह्वान गरेको थियो । परिषदले पोखरा

रंगशालाको फुटबल स्टेडियम बनाउन ५३ करोड रुपैयाँ विनियोजन समेत गरिसकेको छ । आह्वान गरिएको

टेण्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्रयाक बनाउन कम्पनीको अनुभव पत्र समेत माग गरिएको

थियो । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई

हुनुपर्ने उल्लेख छ । मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक

हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने टेण्डरमा खुलाइएको छ । टेण्डर खरीद

गर्ने कम्पनीको वार्षिक टर्न ओभर समेत १०.३६ मिलियन डलरको हुनुपर्ने सर्त राखिएको थियो । जोईन्ट

भेन्चरमा रहेको कम्पनीको कार्यक्षमता र दक्षता, कम्पनीको वार्षिक टर्न ओभर लगायत अध्ययन परिषदले गर्ने

छ ।

कमेन्टहरु
Loading...