च्यासललाई हराउदै बिदेशी टोली क्यामरुन पोखरा कपको अन्तिम आठमा

पोखरा, १६ माघ /पाहुना टोली क्यामरुनी डाफिन्स फुटबल क्लब छैटौं मनकामना केवलकार पोखरा कपमा बिजयी सुरुवात गरेको छ । क्यामरुनी टोलीले च्यासल युथ क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

खेलको १० औं मिनेटमा पाएको फ्रिकिकमा गोल गर्दै भ्रमणकारी टोलीले १ गोलले अग्रता लिर्दै बिजयी शुरुवात गरे । ३० यार्डबाट इकविनले हानेको फ्रिकिकलाई अग्ला खेलाडी यान्निकले हेड गर्दै पोष्टको दिदा दिए ।

खेलको ३३ औं मिनेटमा क्यामरुनी टोलीले अर्को अवसर जुरायो । तर त्यो सदुपयोग भने हुन सकेन् । फ्रिकिकलाई उपयोग गर्ने तयारीमा रहेको क्यामरुनी टोलीले सायलो मार्टिनले हानेको पावर सट बल क्रसबार माथिबाट बाहिरियो ।

च्यासलले पहिलो हाफ हुनु अघि च्यासललाई भाग्यले ठग्यो । हेमन्त थापामगरले हानेको बल भिक्टोर अमोबीको खुट्टाबाट फुत्किएको बल आफनै सहकर्मी सुनिल खड्कामा पुग्यो । तर उनले हानेको बल फष्टबारमा लागेर रिवाउण्ड भयो । रिवाउण्ड बललाई एल्भिस अप्पेचले गोल लाईन छुन नसक्दा क्यामरुनी डिफेन्स अर्मेल एकान्डोले क्लियर गरे ।

क्यामरुनी टोलीका व्यवस्थापक आशिष थापा मगरले टोली क्यामरुनबाटै आएको बताउँदै पोखरामा आपईपुग्दा तेस्रो खेलमा जित निकालेको बताए । उनले क्यामरुनी खेलाडीहरु नेपालमा सञ्चालनको तयारीमा रहेको फ्रेन्चाईज लिगमा नेपाली क्लबहरुबाट खेल्ने अवसरको रुपमा लिएर नेपाल आएको बताए ।

दोस्रो दिनको खेलमा क्यामरुनी गोलकिपर प्रिसो एनडीटान्गा म्यान अफ दि म्याचबाट पुरस्कृत भए । बिहीबार  कुनै खेल हुने छैनन् भने शुक्रबार आयोजक पोखरा ११ ले बिग्रेड ब्वाईजसँग प्रतिस्पर्धा गर्ने छ ।

कमेन्टहरु
Loading...