एसईई परीक्षा पोखरामा कस्ले ल्याए धेरै नम्बर

पोखरा, १२ असार /एसईई परीक्षामा कास्कीमा यस वर्ष यो समाचार तयार पार्दा सम्म ४ जीपीए कुनै विद्यार्थीले नल्याए पनि ३.९५ जीपीए भने धेरै विद्यार्थीले ल्याएका छन् ।

पोखराको मदरल्याण्ड स्कुलका दुई विद्यार्थीले ३.९५ जीपीए ल्याएका छन् । मदरल्याण्डका आशिक अधिकारी, आसुतोस ढकालले ३.९५ जीपीए ल्याएका विद्यालयले जनाएको छ । त्यसै गरी पोखराको एसओएस स्कुलकी छात्रा आचल पौडेले ३.९५ जीपीए ल्याएकी छन् ।

त्यसै गरी पोखरा ५ मा रहेको शान्ति निकेतन स्कुलका हरी गौतमले ३.९५ जीपीए ल्याएका छन् । पोखरा १७ ढुङगेसाघुँ बोडिङस्कुलका शिशिर भण्डारीले पनि ३.९५ जीपीए ल्याएका छन् । त्यसै गरी ग्लोबल कलेजीयट स्कुलबाट इसान ढकाल, असिम सापकोटा, सचोन थापा मगरले ल्याएका छन् । अघिल्लो वर्ष पोखराका ७ जना विद्यार्थीले ४ जीपीए ल्याएक थिए ।

कास्कीमा ६ जना दृष्टिविहिनले सहित कास्कीमा यस वर्ष ३२ परीक्षा केन्द्रबाट १० हजार ९ सय ५१ जना विद्यार्थीले परीक्षामा सहभागीता जनाएका थिए । गण्डकी प्रदेशमा एसइई परीक्षमा ४८ हजार १ सय ४६ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।

नियमित तर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जनाले सहभागीता जनाएक हुन् गण्डकी प्रदेशका ११ जिल्लामा २ सय १७ केन्द्रबाट विद्यार्थीहरु परीक्षामा सहभागीता जनाएका हुन् ।

कास्कीबाट सबै भन्दा धेरै छन् भने मनाङबाट सबै भन्दाकम ५३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । देशभरबाट कुल ४ लाख ७५ हजार ३ विद्यार्थी परिक्षामा सहभागी थिए ।

कुन विद्यालयबाट कुन ग्रेडमा पास भए विद्यार्थी

मदरल्याड माध्यमिक विद्यालय पोखरा ७ मासबारबाट २०७५ सालको माध्यामिक शिक्षा परिक्षा एसईई मा संलग्न १४६ जना बिद्यार्थी मध्ये ५७ जनाले ए प्लस, ८० जनाले ए , ८ जनाले बि प्लस र १ जनाले बि ग्रेड प्राप्त गरी उत्रिण भएको छन् ।

त्यसै गरी रानीपौवामा रहेको ग्लोबल कलेजीयट स्कुलबाट एसईई मा संलग्न १०४ जना बिद्यार्थी मध्ये ३१ जनाले ए प्लस, ४१ जनाले ए , ३० जनाले बि प्लस र २ जनाले बि ग्रेड प्राप्त गरी उत्रिण भएको छन् ।

 

तपाईको विद्यालयबाट पनि कति कुन कुन ग्रेडमा पास भए हामीलाई जानकारी गराउन सक्नु हुनेछ ।

national creation academy admission open

 

कमेन्टहरु
Loading...