पोखराको सराङकोट हत्याकाण्डको रहस्य खुल्यो (यस्तो छ घटना)

पोखरा, २ माघ /पोखराको सराङकोटमा शंकास्पद अवस्थामा एक महिलाको शव भेटियो । सात महिनाअघि जेठ २३ गते सराङकोटको देउराली घुम्ती नजिक जंगलमा महिलाको शव भेटिएको थियो ।

उतिबेला प्रहरीले समेत कुनै पहिचान निकाल्न सकेन । हत्याको लामो समयपछि ति महिलाको हत्यारा र पहिचान खुलेको छ । त्यतिबेला भेटिएको शव भारतीय नागरिक राजेश्वरी श्रीवास्तवको रहेको प्रहरीले जनाएको छ ।

उनको हत्या भएको भन्दै प्रहरीले तीन जनालाई भारतबाटै पक्राउ गरेको भारतीय मिडियाहरुले लेखेका छन् । गोरखपुर स्थित आर्यन अस्पतालका साहु डा. डिपि सिंह, अस्पतालमा काम गर्ने प्रमोद कुमार सिंह र देश दीपक निषादलाई पक्राउ गरिएको उत्तर प्रदेशका एसटीएफ प्रमुख अमिताभ यशले जानकारी दिए ।

कसरी भयो घटना ?

गोरखपुर स्थित आर्यन अस्पतालका मालिक डा. डीपी सिंहको सम्बन्ध मृतक श्रीवास्तवसँग सन् २००६ देखि थियो । राखीका बाबु हरेराम श्रीवास्तव उनै डाक्टरका अस्पतालमा काम गर्थे । जसका कारण राखी अस्पतालमा आउजाउ गर्थिन् । लगाताल अस्पतालमा आउजाउ गर्दा राखीको चिनजान डाक्टरसँग भयो । लामो सम्बन्धपछि २०११ फेव्रुअरीमा दुईजनाले विहे गरे ।

तर डाक्टर त्यो भन्दा पहिले नै घरवार भैसकेका ब्यक्ति थिए । उनकी पहिलो श्रीमति उषा आर सिंहलाई दोश्रो विहेको बारेमा कुनै जानकारी थिएन । डाक्टरकी एक छोरीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसभन्दा पहिले एउटा अर्को घटना भएको थियो भारतमै, निर्भया काण्ड । त्यतिबेला पनि सिंहले तिनै डाक्टरलाई बलात्कार र अपहरणको मुद्धा दायर गरेकी थिईन् । यो मुद्धा अहिलेपनि विचाराधीन छ ।

राखीलाई डाक्टरले गोरखपुरमा घर किनिदिएका थिए । यो घटना यत्तिकै थियो । राखी र डाक्टरबीच सम्बन्ध चलिरहेकै थियो । तर राखीले २०१८ मा अर्कै केटासँग विहे गरिन् । भारतकै मनिष कुमार श्रीवास्तवसँग उनको विहे भयो । विहे भैसकेपछि पनि राखी र डाक्टरबीचको सम्बन्ध जारी थियो ।

राखी जहिले पनि डाक्टरलाई ब्ल्याक मेल गर्थिन् र पैसा असुल्थिन् । धेरै तनावमा भएपछि डाक्टरले राखीलाई मारिदिने योजना बनाउन थाले । २०१८ जुन ४ को दिन थियो । डाक्टर आफ्नै अस्पतालमा काम गर्ने देश दीपक निषाद र प्रमोद कुमार सिंह सँग स्कार्पियो चढेर नेपाल आए ।

नेपाल छिरेपछि बाटोमा राखी झोला लिएर उभिएकी थिईन् । डाक्टर र राखीको बातचित पनि नेपालकै नम्बरबाट भएको थियो । राखी त्यहाँबाट स्कार्पियो चढेर डाक्टरसँगै हिडिन् । त्यसपछि पाल्पा नजिक आईपुगेर उनीहरुले खाजा खाए । त्यो रात त्यहीँ सुते उनीहरु । दुईवटा कोठामध्ये एउटामा डाक्टर र राखी तथा अर्को कोठामा अरु दुईजना सुते ।

भोलिपल्ट विहान ११ बजेतिर उनीहरु पोखराका लागि हिडे । दिउँसो ४ बजेतिर पोखरा आईपुगेर उनीहरु डेभिड फल्स घुमे । त्यसपछि उनीहरु सराङकोट गए । होटलमा राखीले चिया पिईन् भने डाक्टर र अरुले रक्सी पिए । राखीको चियामा डाक्टरले एलप्रेक्स (लठ्याउने औषधी) मिलाईदिए ।

त्यसपछि राती ११ बजेतिर राखीको अवस्था जटिल बन्दै गयो । त्यसपछि राखीलाई लिएर उनीहरु पोखरा झर्न लागे । राखीको हत्या गाडीमै भैसकेको थियो । त्यसपछि गाडीबाट राखीलाई निकालेर फालिदिए र फोन पनि नालिमा फ्याँकिदिए ।

घटनापछि डाक्टरको टोली गोरखपुर फर्किए । २०१८ जुन ६ मा उनीहरु गोरखपुर पुगे । हत्यामा सहयोग गरेको भन्दै डाक्टरले प्रमोद र देश दीपकको तलव प्रतिमहिना ५ हजार रुपैयाँ बढाईदिए । मोवाईल फालेपनि राखीको सीमकार्ड उनीहरुले निकालेर लगेका थिए । सेप्टेम्बरतिर सोही सीमकार्ड अर्को मोवाईलमा हालेर उनीहरुले त्यो मोवाईल गुवाहाटीमा अन गरेर छोडिदिए ।

मोवाईल लिएर प्रमोद र देश दीपक नै गुवाहाटी गएका थिए । त्यो मोवाईल छोड्नका लागि पनि डाक्टरले उनीहरुलाई ५० हजार रुपैयाँ दिएका थिए । राखी हराएपछि उनका पछिल्ला श्रीमानले खोजीका लागि प्रहरीकोमा निवेदन दिए । मोवाईल र घटना बिवरण हेरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । डिएनए नेपाल डटकमबाट

कमेन्टहरु
Loading...