पोखरामा श्रीमतिको हत्या गरेर भागेका श्रीमान् पक्राउ

पोखरा, ११ असोज / पोखरा महानगरपालिका ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमान्ले

श्रीमातीको हत्या गरेका छन् । बुधबार राती घरमै श्रीमतिको हत्या गरेर भागेका श्रीमान्लाई विहान प्रहरीले पक्राउ

गरेको छ ।

५५ बर्षिय यानबहादुर गुरुङले श्रीमति ६० बर्षिया श्रीमाया गुरुङको हत्या गरेका हुन् । छिमेकीलाई आफुले हत्या

गरेको बताएर उनी भागेका कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

श्रीमति प्यारालाईसिसकी विरामी थिइन् । विहानैदेखि घटनास्थल पुगेको संघीय इकाई प्रहरी र जिल्ला प्रहरी

कार्यालयको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो । हत्या गरेपछि शवलाई बोरामा पोको पारेर फालेको

स्थानीयले बताएका छन् ।

कमेन्टहरु
Loading...