पोखराबाट सराङ्कोट जोड्ने केबलकारको ७० प्रतिशत काम सक्यिो, बैशाख देखी सञ्चालनमा आउने

पोखरा, २८ माघ/पोखराको सेदी देखि सराङ्कोट जोड्ने केबलकार आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको निमार्ण कम्पनी अन्नपूर्ण केबलकार प्रालिले जनाएको छ । २ वर्ष अघि पोखरा आउँने आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा साथै वरपरका दृश्य देखाउने उद्देश्यका साथ आयोजना सुरु गरिएको थियो ।

‘आयोजना लगभग पुरा भइ सकेको छ,’ अन्नपुर्ण केबलकार प्रालिका डाइरेक्टर तीर्थराज त्रिपाठीले भने, ‘बैशाख जेठतिर परिक्षण गर्र्छौं ।’ २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर रहने छन् । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालन गर्ने लक्ष्य रहेको उनले सुनाए । ‘१७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिने सक्छौं,’ डाइरेक्टर त्रिपाठीले भने, ‘यात्रुको संख्या बढ्दै गए थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिन्छ ।’

केबलकारको एउटा डब्बामा ८ जनासम्म यात्रु बस्न सक्ने छन् । केबलकार निर्माणका लागि वरपरको जग्गा र वनक्षेत्रमा पर्ने २४ रोपनी जग्गालाई अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसगँ लिजमा लिएको कम्पनीको भनाई छ ।

नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधिअनुसार एउटा तारमा केबलकार झुन्डिने छन् । यो प्रविधिलाई डोपलमेयरको गोन्डोला प्रविधि भनिन्छ । केबलकारमा आवश्यक सामानहरु निपोन जापानको प्रयोग गरेको कम्पनीको भनाई छ ।

केबलकारको प्रवेशद्वार पोखरा १८ सेदीमा रहने छ । योजनामा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको छ । आयोजनाको कुल खर्च करिब एक अर्व १० करोड रहेको कम्पनीको भनाई छ ।

https://ganthan.com/pokhara-news/pokhara-sarankote-ma-cabulcar-suru/

https://ganthan.com/featured/pokhara-sadki-sarankot-cablucar/

कमेन्टहरु
Loading...