पोखराका चार ठाउँमा शंकास्पद बस्तु, पड्कीदा एक घाईते

पोखरा, ५ चैत/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दका क्रममा पोखराका चार ठाउँमा शंकास्पद बस्तु भेटिएको छ ।

चार ठाउँको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । पोखराको लेखनाथ स्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको थियो । पोखरा २९ सैनिकबस्ती स्थित नवदुर्गा मन्दिरचोकमा बम रहेको हुने सक्ने जनाएको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ ।

त्यसै गरी गण्डकी प्रदेशसभा भवन प्रबेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको थियो । बम हुन सक्ने भएकाले नेपाली सेना डिस्पोजल गरेको थियो । त्यसै गरि पोखरा ५ जिरोकिलो नजिकै शंकास्पद बस्तु फेला परेको थियो ।

त्यसै गरि पोखरा महानगरपालीका ९ ट्रेड महल पछाडी खाली ठाँउमा रातो कालो टेपले बेरेको शंकास्पद बस्तु भेटिएको थियो ।

घाइतेलाई काठमाडौ लगियो

पोखराको नदिपुरमा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

नदिपुर स्थित प्रदेशसभा भवन नजिकै राखिएको डेटोनेटर निस्किय पार्ने क्रममा कालिभञ्जन गणका नायक धर्मबहादुर घाईते भएका थिए । उनको हातमा ठूलो चोट लागेको थियो ।

उनको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...