पत्रकार पुडासैनीको पोष्टमार्ट रिर्पोट आयो, रविको बयान जारी

चितवन, ३ भर्दौ /पत्रकार शालिकराम पुडासैनीको मृत्यु झुन्डिएकै कारण भएको पोस्टमार्टम रिपोर्टमा देखीको छ ।

पुडासैनीको गर्धनको हड्डी भाचिएकोे र घाँटी डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले दिएको जानकारी दिए । पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख गरेको प्रहरीले जनाएको छ ।

पत्रकार पुडासैनी आत्महत्या घटनाका आरोपीसँग बयान लिने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की सगँ बयान लिइरहेको छ ।

आइतबार कार्की बयान सकेको थियो भने सोमबार सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग बयान लिएको छ । लामिछाने सँगको बयान नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । रविको बयान मंगलबार पनि हुनेछ ।

फरेन्सिक ल्याब परीक्षणमा भिडियोमा रहेको आवाज पुडासैनीकै भएको पुष्टि भएको प्रहरीको भनाई छ । लामिछानेका समर्थकहरूले दिनहुँ भरतपुरमा प्रदर्शन गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...