पोखरा रंगशालामा एक पछि अर्को योजना

पोखरा, २६ असार /पोखरा पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा मात्रै हैन खेलकुदको राजधानीका रुपमा समेत विकास हुँदै गएको छ । थुप्रै राष्ट्रिय स्तरका खेलगतिविधि हुँदै आएको पोखरा रंगशालामा अहिले पुर्वाधार निर्माणको कामले पनि तिव्रता पाएको छ ।

पोखरा रंगशालामा निर्माण हुँदै गरेको सुविधा सम्पन्न वहुउद्देश्शीय कभर्डहल निमार्ण भई रहेको छ । दुई बर्ष अघि निर्माणकार्य शुरु गरीएको कभर्डहल ६ महिनापछि संचालनमा आउँदैछ । १४ करोड रुपैयाँ लागतमा निर्माण हुने यो कभर्डहलमा सबैखाले ईन्डोर गेम खेलाउन सकिने पश्चिमान्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

रंगशालाको प्यारापिट जिर्ण हुँदा दर्शक खतरामा
रंगशालाको प्यारापिट जिर्ण हुँदा दर्शक खतरामा

स्थानियले दिएको पचास लाख रुपैयाँ चन्दा र राष्ट्रिय खेलकुद परिषद्को पचास लाख रुपैयाँ गरी एक करोड रुपैयाँ लगानीमा क्षत्रीय भलिवल ट्रेनिङ सेन्टर निर्माणको काम अगाडी बढेको छ । एस वर्षभित्र निर्माण सम्पन्न हुने भलिवल ट्रेनिङ सेन्टरमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्न सकिनेछ । त्यस्तै स्थानिय निकायको सहयोगमा रंगशाला भित्रको बाटो पिच गरिएको छ भने एथलेटिक्सका लागि माटो हाल्ने काम भई रहेको पश्चिमाञ्चल खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

थुप्रै राष्ट्रिय स्तरका खेलगतिविधि हुँदै आएको पोखरा रंगशालामा नेपालले आयोजना गर्न लागेको आगामि दक्षिण एसियाली खेलकुदका केही खेलहरु पोखरामा गर्न सकिने भन्दै पश्चिमान्चल क्षेत्रीय खेलकुद विकास समितिले पहल थालेको अध्यक्ष पौडेल बताउ छन् । ४ सय ७६ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरका फुटबल र क्रिकेट मैदान पनि छन् ।

पोखरा रंगशालामा केहि समय पहिले कबर्ड हल निमार्ण भएको थियो, व्यवस्थीत आर्चरीको खेल मैदान, टेनिस कोड लगाएतका निमार्ण भई सकेका छन् भने टेवल टेनिस निमार्णका प्रक्रियामा रहेको छ । तर फुटवल मैदानको जिर्ण बनेको प्यारापिट मर्मत र क्रिकेट मैदानमा प्यारापिट निर्माण गर्न सके पोखरा साँच्चै खेलकुदको राजधानि शहरको रुपमा स्थापित हुने खेलाडीहरु बताउ छन् ।

के के सुधार आवश्यक छ रंगशालामा
-फुटबल मैदान र क्रिकेट मैदानको प्यारापिट
-व्यवस्थीत शौचालय
-पानी र खाने पानीको व्यवस्था
-पौडी पोखरीको निमार्ण
-व्याडमिन्टिन खेलमा नयाँ खेलाडी उत्पादन भन्दा भुडि घटाउनेहरुको थलो

कमेन्टहरु
Loading...