पोखरा रंगशाला फुटबल मैदान र प्यारापिट निमार्णका काम धमाधम

पोखरा, १० चैत/पोखरा रंगशालमा फुटबल मैदान सहितको प्यारापिटको काम धमाधम भएको छ । पोखरा रंगशाल पुगेर युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले निर्माणाधिन पोखरा रंगशालाको फुटबल मैदान एवं प्यारापिट निरीक्षण गरेका छन् ।

उनले काम गुणस्तरीय हुनुपर्ने भन्दै गुणस्तरीयता नभए पास नै नहुने ठेकेदार कम्पनीलाई बताए । ठेकेदार कम्पनी केवल कामको मात्रै नभई नागरिकको कर्तव्य समेत पुरा गर्नु जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री बिकले कामको गुणस्तरीयता प्रति औंला ठड्याउने बातावरण नबनाउन आग्रह गरे ।

मन्त्री बिकले आगामी १३ औं साग नेपालमा आयोजना गरिने भन्दै पुर्वाधार निर्माणपश्चात पोखरामा पहिलो पटक केही खेल खेलाईने भएकोले पनि गुणस्तरीयताप्रति कन्जुस्याँई नगर्न आग्रह गरेका थिए । आठौं साग आयोजना गर्दा भएको दोस्रो स्थानको विरासतलाई जोगाउनुपर्ने भन्दै मन्त्री बिकले तोकिएकै समयावधि भित्रमा निर्माण पुरा गरेर हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

पोखर रंगशालाको काम धमाधम

पोखर रंगशालाको काम धमाधम

Posted by Ganthan.com on Saturday, March 23, 2019

‘असार मसान्तसम्म सक्ने गरी काम गर्नुपर्छ । शिलान्यास हुदाँसम्म केही समय ढिलो हुन पुग्यो । त्यो समयलाई पनि मेकअप गर्ने गरी काम गर्नोस ।’ मन्त्री बिकले केही महिना अघिमात्रै पठाइएको १ करोड ३५ लाख बजेट अनुसार खेलकुदका पुर्वाधार निर्माणको कामको बारेमा समेत जानकारी लिएका थिए । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बजेटमा उल्लेख भए अनुसार ठाँउहरुको स्थलगत अध्ययन गरी उपभोक्ता समिति मार्फत सम्झौता टुग्याई काम अघि बढाईएको जानकारी गराए ।

ठेकेदार कम्पनीका प्रोजेक्ट मेनेजर हरिबावु न्यौपानले तोकिएकै समयमा काम पुरा गर्न दिन रात(डे–नाईट) सिफ्टमा काम गरेर टुग्याउने बताए । ‘ढिलो भएको समयलाई रिकभरी गर्नुपर्छ भन्ने हेतुले नै डे नाईट सिफ्ट अनुसार काम गर्दै छौं ।’ उनको भनाई थियो ।

उनले पहिलो चरणमा फुटबल मैदान सम्याएपछि चारैतिरको लेआउट गर्ने बताए । न्यौपानले पोखरा रंगशालाकै गुरुयोजना नभएकोले पनि अहिले रंगशालाको गुरुयोजना बनाउन प्राविधिक खटाई नापचाजँ गरिएको सुनाए ।

फुटबल मैदान एवं प्यारापिट निर्माण गर्ने जिम्मेवारी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग सम्झौता गरी जिम्मेवारी दिइएको हो । १८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको फुटबल मैदान बन्ने छ । जुन नेपालकै ठूलो र आधुनिक रंगशाला हुने दावी कम्पनीले गरेको छ । एक अर्ब २८ करोड २२ लाखको लागत अनुमान गरिएपनि १ अर्ब ३० करोडमा निर्माण पुरा हुने विश्वास गरिएको छ ।

फुटबल मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने छ ।

स्टिल मोडुलर सिष्टमको स्टेडियम नेपालमै पहिलो भएको दावी कम्पनीले गरेको छ । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ । प्यारापिटसहितको फुटबल मैदान निर्माणले पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...