सागमा सुरक्षाको लागि पोखरा रंगशालामा सिसी क्यामेरा जडान गरिने

पोखरा, ११ साउन /पोखरा रंगशाला प्रबेश गर्ने ६ वटा प्रवेशद्वार छन् । मुख्य प्रवेशद्वार र दुई नम्बरको बाहेक अन्य द्वार खुल्दैनन् । मुख्यद्वार बाह्रैमास खुल्छ । दुई नम्बरको द्वार पनि आवश्यकता अनुकुल मात्रै खुल्छ । बाँकी कुनैपनि द्वार खुल्दैनन् । पोखरा १३ औं सागको केही खेल सञ्चालन गर्ने निर्णय गरिएको छ ।

रंगशालाभित्र खेलाईने र बाहिर खेलाईने खेलको लागि पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौति थपिएको छ । पोखरा रंगशालाभित्र निर्माणाधिन फुटबल मैदानमा महिला फुटबल, र्आचरी मैदानमा महिला तथा पुरुष आर्चरी प्रतियोगिता सञ्चालन गरिने छ । ती खेल सञ्चालानार्थ विशिष्ट व्यक्ति र खेलाडी स्कर्टिङको सवारी पार्किङमा चुनौति छ ।

त्यति मात्रै नभई बजार क्षेत्रमा आयोजना हुने ट्रायथोलन र प्याराग्लाईडिङ एवं भारोत्तोलनका खेलमा सहभागि खेलाडी र अफिसियलको लागि सुरक्षा व्यवस्था कडाई गर्नुपर्ने खाँचो राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले सुनाए ।

‘खेलाडी तथा अफिसियलको सुरक्षा(सेक्युरिटी) व्यवस्था चुस्त बनाउनुपर्छ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक दानबहादुर कार्कीसहितको टोलीले पोखरा रंगशाला अध्ययन अनुगमनको क्रममा बोर्ड सदस्य गुरुङले भने–‘पोखरा रंगशालाभित्र छिर्दादेखि होटलसम्म पुग्दा सुरक्षा दिनुपर्छ ।’ उनका अनुसार पोखरा रंगशालासम्म ल्याउनुपर्ने व्यस्त समयमा हुने ट्राफिक जामको व्यवस्थापनमा निकै गम्भीर हुनुपर्ने छ ।

सडक किनारमा निर्माण गरिएको नालीमा स्ल्याप राख्नुपर्नेमा जोड दिईएको छ । सवारी साधन कुनुपर्ने अवस्था रहने हुदाँ स्ल्याप राखिए सहजीकरण गर्नुसकिने समेत औल्याइएको छ ।

रंगशालादेखि लेकसाईड क्षेत्र झण्डै चार किलोमिटरको सेरोफेरोमा छ । त्यही चार किलोमिटर सेरोफेरोमै खेलाडीलाई ल्याउने र लैजाने बन्दोबन्द मिलाउनुपर्छ । ‘चोकहरुमा ट्राफिक जामको समस्या बढ्दै गएको छ । सागको समयमा व्यवस्थापनलाई मिलाउनुपर्छ ।’ बोर्ड सदस्य गुरुङले भने–‘यो गण्डकी प्रदेशकै प्रतिष्ठासँगै जोडिएको छ । सागमा सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख समेत रहेको प्रहरी उपरीक्षक कार्कीले सुरक्षा व्यवस्थापनमा कुनै कसर नहुने गरी काम गर्नेमा दृढता व्यक्त गरे । खेलाडी, दर्शक र भिआईपीलाई कसरी र कहाँबाट छिराउँदा उपयुक्त छ कि छैन भन्ने विषयमा प्रारम्भिक छलफल गरिएको बताए । खेलाडी पुर्याउने सवारी जाने बाटो र पुर्याउँदा आईपर्ने अप्ठ्यारासँगै दर्शकको सवारी साधनलाई कहाँ राख्ने भन्ने विषयमा छलफल गर्र्नुपर्नेमा जोड दिए ।

फुटबल मैदान निर्माणकै चरणमा छ । कार्तिक १५भित्रमा सक्नुपर्ने निर्देशन छ । मंसिरको दोस्रो साता साग खेलकुद प्रतियोगिता शुरु हुन्छ । आर्चरीको लागि मुख्य प्रवेशद्वारबाट भन्दा मैदान नजिकैको ६ नम्बरको गेटबाट खेलाडी तथा अफिसियलको सवारी छिराउन सकिन्छ । फेवातालमै ट्रायथोलन हुने छ ।

गत चैतमै नेपाल ट्रायथोलन संघले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुर्व नै एशियन कप तथा साउथ एशियन च्याम्पियनसिप ट्रायथोलन प्रतियोगिता आयोजना गरिएको थियो । तालमा पौडी र सडकमा दौड प्रतियोगिताले ट्राफिक व्यवस्थापन मिलाउनुपर्ने खाँचो छ । सामान्यत खेलाडीले सवारी साधनले अवरोध गर्ने ट्राफिक समस्या झेल्नुपर्ने लगायतका विषयमा उजुरी गरेमा पोखरामा अन्तराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न सकिदैन् ।

त्यसैले पनि पोखरामा मुख्य चुनौतिकै रुपमा ट्राफिक व्यवस्थापन देखिएको समेत खेलकुदकर्मीले औैल्याउँदै आएका छन् । चैतमा ट्राफिक व्यवस्थापन फितलो हुदाँ सम्भावित गम्भीर दुर्घटनाबाट जोगिनुपरेको इतिहास छ ।

बोर्ड सदस्य गुरुङले पोखरा रंगशालाभित्र सुरक्षार्थ सिसी क्यामेरा समेत जडान गर्नुपर्नेमा जोड दिएका छन् । पोखरा रंगशालाभित्र विभिन्न ८ ठाँउमा सिसी क्यामेरा जडान गरेर सुरक्षालाई बलियो बनाउने योजनासहित काम गर्ने तयारी गरिएको उनले सुनाए । त्यतिमात्रै नभई रंगशालालाई व्युटिफिकेसन गर्न बृक्षारोपण देखि फुल रोपिने योजना बनाईएको छ । चार महिनाभित्रमा सबै काम सक्नुपर्ने दबावकै कारण रंगाशाला सरसफाईदेखि आवश्यक पुर्वाधार तयार पार्नुपर्ने उत्तिकै चुनौति समेत थपिएको छ ।

सिसी क्यामेरा राख्ने प्वाईन्ट खेलकुदले तय गर्ने उल्लेख गर्दै प्रहरी उपरीक्षक कार्कीले त्यसपछि प्रहरीले अध्ययन गरेर उपयुक्त ठाँउमा प्राविधिक सहितको टोलीले निक्र्याैल गरिने बताए । प्याराग्लाइडिङको लागि उडान र अवतरण स्थल समेत व्यवस्थित बनाउनुपर्ने देखिएको छ । त्यसको लागि प्याराग्लाईडिङ संघ तथा परिषदका बोर्डसदस्य एवं जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी र कार्यालय प्रमुखसहितको टोलीले अवलोकन समेत गरिसकेको छ ।

कमेन्टहरु
Loading...