पोखरामा अन्तराष्ट्रियस्तरको फुटबल मैदान बनाउन चार देशको चासो

पोखरा, १५ कात्तिक/खेलकुद परिषदले पोखराको फुटबल मैदानसहित प्यारापिट तथा एथलेटिक्स ट्रयाक बनाउने ग्लोबल टेण्डर आह्वान गरेको छ । केहि दिन आगडी सार्वजनिक सूचना निकालेसंगै चार देशले पोखरा रंगशालाको फुटबल मैदानसहित रुफटपयुक्त प्यारापिट निमार्णको चासो देखाएका हुन् ।

फुटबल मैदान र प्यारापिट “ग्याल्भनाईज्ड स्टील मोडुलर सिष्टम”को बनाइने छ । त्यसको लागि भारत, मेलसिया, रसिया र चीनले चासो देखाइसकेका छन् । १० महिनाभित्रै काम सकिने गरी टेण्डर प्रकाशन गरिएको हो । स्टेडियममा करिब २५ देखी ३० हजार दर्शक अट्ने क्षमताको बनाउने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

प्यारापिट फोल्डिङ सिष्टमको हुन्छ । माथि छत रहने छ । दर्शक क्षमता २० हजार ( १० प्रतिशत तलमाथि हुने) टेण्डरमा उल्लेख छ । प्यारापिटको आयु फलामसँग निर्भर रहने पौडेलले बताए । ट्रयाक अन्तराष्ट्रिय मापदण्ड अनुसारको सिन्थेटिक बनाईने छ । एथलेटिक्स अन्तर्गतको ११० मिटरको हर्डल्स प्रतिस्पर्धा लागि ट्रयाक निर्माण गरिने टेण्डरमा उल्लेख छ ।

उनका अनुसार ३५ दिनभित्रमा टेण्डर प्रक्रिया पुरा हुनेछ । मैदानसहितको प्यारापिट एवं एथलेटिक्स ट्रयाकको लागि ८५ करोड देखी एक करोड सम्म पुग्न सक्ने अनुमान लगाइएको छ । स्टेडियममा आधुनिक ल्फड लाइट सहित स्कोर वोर्ड, डिस्प्ले वोर्ड समेत राखिने छ । परिषदले १३ औं सागलाई मध्ये नजर गर्दै पोखराको फुटबल स्टेडियम स्तरोन्नतीको तयारी थालेको हो ।

स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचलाय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फरेन्स कक्ष निर्माण हुनेछ । फुटबल मैदान फिफाले तोकेको मापदण्डमा बन्नेछ । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा आयोजना हुदाँ फुटबल मैदान, दर्शक प्यारापिट, व्याडमिन्टन कर्भड हल, मार्शल आर्ट हल निर्माण गरिएको थियो । जुन भूकम्पले जीर्ण बनाईदिएको छ ।

 

कमेन्टहरु
Loading...