पोखराको रामबजारमा सुन पसल चोरी 

पोखरा, २४ मंसिर / पोखराको रामबजार घलेचोकमा रहेको सुनपसलमा चोरी भएको छ । घलेचोक स्थित कमल सुनचाँदी पसलमा गएराती चोरी भएको हो ।

चोरले साढे २ तोला सुन, ९ तोला चाँदी र ३ हजार रुपैया नगद चोरी भएको पसलेले जानकारी दिए । पसलभित्र दुईवटा सिसी क्यामेरा भएपनि चोरले एउटा क्यामेरा काटेको देखिएको छ ।

अर्को क्यामेरा काट्ने मेसो नपाएपछि चोर पूरै क्यामेरामा कैद भएको छ । चोरीबारे प्रहरीमा उजुरी दिईसकेको पसलेले बताए । प्रहरीले सिसी क्यामेराको फुटेज लगेको छ । घटनाबारे अनुसन्धान भैरहेको रामबजार प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...