पोखरामा रवीन्द्र प्रतिष्ठानको प्रधानमन्त्री द्धारा घोषणा, सरकारले १ करोड दिने

पोखरा, १८ जेठ/प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गिय रबिन्द्र अधिकारीको नाममा स्थापित रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको पोखरामा औपचारिक घोषणा गरेका छन् ।

समितिको अध्यक्षमा स्वर्गीय रविन्द्र अधिकारीको धर्मपत्नी विद्या भट्टराई उपाध्यक्षमा नेकपाका जिल्ला अध्यक्ष कृष्ण थापा, महासचिव धनराज आर्चाय रहेका छन् । समितिको २५ सदस्य कार्यसमितिको घोषणा र ३५ सदस्यी सल्लाहकार समिति घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीति भन्दा माथि राखेर काम गर्न आग्रह गरे ।

उनले वाइडबडी काण्डमा स्व. पर्यटन मन्त्रीको कुनै सम्लग्नता नरहेको समेत बताए । उनले केहि भुईफुट्टा व्यक्ति र संस्थाले आरोप लगाउँदैमा उहाँ दोषी नुहेन पनि उल्लेख गरे । रवीन्द्र अधिकारीलाई भष्ट्रचारी भन्ने ब्यक्ति न्याधिस हुन् भनि प्रतिप्रश्न गरे ?

प्रधानमन्त्री ओलीले अधिकारी विकास प्रेमी, इमान्दार र कास्कीले गर्व गर्ने नेताको रुपमा रहेको बताए । प्रधानमन्त्री ओलीले अधिकारीको प्रतिष्ठानलाई सरकारले १ करोड रुपैयाँ दिएर सहयोग गर्ने घोषणा गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्व. अधिकारीको सपना पुरा गर्न गढडकी प्रदेश लाग्ने बताए । उनले थालेका कामको योजनालाई प्रदेश सरकारले सहयोग गर्ने समेत बताए ।

रवीन्द्र अधिकारीकी धर्मपत्नी एवं प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष विद्या भट्टराईले स्वर्गीय अधिकारीले राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै अधिकारीलाई चिरस्थायी बनाउन स्मृति प्रतिष्ठान स्थापना गरेको बताइन् । उनले राज्यलाई अनुसनधानात्मक काममा सहयोगको लागि प्रतिष्ठान सधैं लागिरहने छ । उनले मानव स्रोत संशाधनको विकास गरी सिप तथा अनुसन्धानमुलक काम गर्न प्रतिष्ठान खोलिएको बताइन् ।

कमेन्टहरु
Loading...