फेवातालको किनारबाट पोखरा प्रिमियर लिगको ट्रफी सार्वजनिक

पोखरा, ८ कात्तिक /पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । छ फ्रेन्चाईज टोलीका मार्की खेलाडीहरु डुङ्गाबाट फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा ट्रफी सार्वजनिक गरिएको हो ।

पोखरा पल्टनका शरद भेषवाकर, चितवन राईनोजका पारस खड्का, विराटनगर टाईटनका सन्दीप लामिछाने, काठमाडौं रोयल्सका ज्ञानेन्द्र मल्ल, बुटवल ब्लाष्टर्सका सोमपाल कामी र धनगढी ब्लुजका दिपेन्द्रसिंह ऐरीले ट्रफीलाई तालको किनारमा ट्रफी सार्वजनिक गरे ।

क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुक्रबार देखि शुरु हुने पिपिएलको विजेताले २७ लाख नगद पुरस्कार पाउने छ । जुन नेपालको इतिहासमा क्रिकेटमा सवार्धिक पुरस्कार राशी समेत हो । उपविजेताले १० लाख रुपैयाँ पाउने छ । म्यान अफ सिरिज, व्याट्सम्यान र बलरले सुजुकीको मोटरसाईकल पाउने छन् । प्रत्येक विजेता टिमले बोनस स्वरुप १५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

शुक्रबार पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने प्रतियोगितामा उद्घाटन खेल पोखरा पल्टन र विराटनगर टाईटन बीच दिउँसो १ बजे शुरु हुने आयोजकले जनाएको छ । त्यसभन्दा अघि उद्घाटन समारोह हुने छ । शुक्रबार एउटा मात्रै खेल हुने छ भने शनिबारदेखि दुईवटा खेल सञ्चालन हुने छ ।

#फेवातालको किनारबाट #पोखरा प्रिमियर लिगको #ट्रफी सार्वजनिक

फेवातालको किनारबाट पोखरा प्रिमियर लिगको ट्रफी सार्वजनिक

Posted by Ganthan.com on Thursday, October 25, 2018

कमेन्टहरु
Loading...