पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्समाथि धनगढीले २० रनको जित (कस्को कति अंक)

पोखरा, १५ कात्तिक / बुटवल ब्लास्टर्सलाई २० रनले हराउँदै धनगढी ब्लुजले प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै अंक तालिकाको पाचौं स्थानमा नै बसेको छ । यो जितसँगै धनगढीले प्लेअफमा पुग्ने सम्भावना भने बाकि नै छ ।

धनगढीले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन मात्रै बनान सक्यो ।
बुटवललाई सस्तैमा रोक्न सागर ढकालले २ विकेट लिँदा ड्यानीएल लरेन्स र कमलसिंह ऐरीले १/ १ विकेट हात लिए ।

बुटवलका लागि चिराग सुरीले अर्धशतकीय पारी खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । उनले ५४ बलमा नटआउट ७९ रन जोडे । चिरागले १ छक्का र १२ चौका प्रहार गरे ।

बुटवलका रोहन मुस्तफा २० रनमा आउट भए भने सागर पुन १, भीम सार्की ५ तथा शंकर राना शून्यमा पेभेलियन फर्किए । तल्लोक्रममा सिद्धान्त लोहनी र सोमपाल कामीले १२ /१२ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रनको योगफल तयार पारेको थियो ।

धनगढीका लागि दीपेन्द्रसिंह ऐरी र ड्यानियल लरेन्सले चौथो विकेटको लागि १ सय ८ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा दिए ।
त्यसअघि पिटर ट्रेगोले १४ जोडेका थिए । ओपनरद्वय सुवेन्दु पाण्डे र दीलिप नाथले समान १०/ १० रन जोडे । बुटवलका लागि विपीन खत्रीले २ विकेट लिँदा रोहन मुस्ताफा र अविनाश बोहराले १/ १ विकेट लिए ।

यो जितसँगै दुवै टोलीको प्लेअफ सम्भावना जीवित रहेको छ । दुवै टोलीको समान ४ खेलमा २ जित र २ हारसहित ४ अंक छ ।
अंक तालिका

Pokhara Premier League

TEAM M W L PT NRR
BB 4 2 2 4 0.888
PP 3 2 1 4 0.873
CR 4 2 2 4 0.579
HKR 3 2 1 4 0.187
ED 4 2 2 4 -0.563
BT 4 1 3 2 -1.644
कमेन्टहरु
Loading...