पोखरा प्रिमियर लिगको उपाधि पोखरालाई (को को ले के के पाए)

पोखरा, २० कात्तिक / भुवन कार्कीको अन्तिम ओभरको दोस्रो बलमा विनोद भण्डारीले क्रस स्वीप गर्दै चौका हानेपछि पोखरा पल्टनले सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिगको उपाधि जितेको छ । रवि इन्दर सिंहको ठोस ईनिङ्समा तेस्रो पे्रmन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको पोखराबाट शुरु भएको पहिलो संस्करणकोे पोखरा प्रिमियर लिगको उपाघि घरेलु टोलीले उचाल्यो ।

रवि इन्दर सिंहले ५८ बलमा ९० रनको महत्वपूर्ण इनिङ्समा पोखरा पल्टनले मंगलबार चितवन राईनोजलाई ३ विकेटले पराजित गर्दै २७ लाख राशीको पुरस्कारसहितको ट्रफी उचाल्दा उपविजेतामा चिक्त बुझाएको चितवन राईनोज १० लाख प्राप्त गर्यो । ९ रन बनाउने क्रममा पोखरा पल्टनले चार विकेट गुमाएपछि खेल चितवनको पक्षमा देखिदैं गएको थियो ।

सिंहको विकेट झरेपछि खेलमा नाटकीय परिवर्तन हुदैं चितवन राईनोजले खेललाई अन्तिम ओभरसम्म धकेल्यो । भुवन कार्कीले व्यक्तिगत तेस्रो ओभरमा शरद भेषवाकरलाई एलबी डब्लुको धरापमा र रोहितकुमार पौडेललाई शक्ति गौचनको हातबाट क्याच आउट गराएपछि खेलले नाटकीय रुप लिएको थियो । १५७–६ को स्थितिमा रहदाँ कृष्ण कार्कीलाई समेत पारस खड्काले रन आउट गरेपछि अन्तिम ओभरमा पोखरा पल्टनलाई जितको लागि एक ओभरमा ४ रनको खाँचो थियो ।

भुवन कार्कीको अन्तिम ओभरको पहिलो बललाई विनोद भण्डारीले डट खेले । दोस्रो बलमा क्रस स्वीप गर्दै भण्डारीले चौका हानेपछि पल्टनले जितको खुशीयाली मनायो । पोखरा पल्टनले ४ रनमै कुशल भुर्तेललाई गुमाएपछि आशिफ शेख र रवि इन्दरसिंहले इनिङ सम्हाले । फाईनल खेलमा सिंहकै पारीमा पोखरा पल्टनले जितसम्मको यात्रा तय गर्दा फेरी एकपटक विदेशी खेलाडीकै भरपर्नुपर्ने बाध्यता रह्यो । शेखलाई सन्नी पटेलले रन आउट गरेपछि मोहम्मद नाभेद क्रिजमा भित्रिए । केवल १२ रन बनाई आउट हुदाँ उनले एक छक्का मात्रै हिर्काए ।

नोभद र सिंहमाथि

पोखरा पल्टनले भरोसा गरेको थियो । निकै लयमा रहेका सिंहले ९० रन बनाउँदा एकै इनिङमा सर्वा्धिक चौका हान्ने खेलाडी समेत बने । उनले १३ चौका र ३ छक्का हाने । नाभेद पनि सन्नी पटेलको बलमा आउट हुनु अघि १४ बलमा २५ रन हिर्काए । एक चौका र तीन छक्का हान्दै लयमा रहदाँ बाउण्ड्री लाईनमा क्याच आउट भए ।

लिग चरणमै पोखरा पल्टनसँग पाँच विकेटले पराजित भएको चितवन राईनोजले लिग चरणमा दुई खेल हार व्यहोरेको थियो । त्यसपछि कमब्याक गर्दै चितवनले प्ले अफमा काठमाडौंलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाईनलमा टस हारेर व्याटिङमा उत्रिएको चितवन राईनोजले पोखरा पल्टनलाई जितको लागि १६१ रनको चुनौति तेस्र्याएको थियो ।

नेपाली क्रिकेट

टिमका कप्तान समेत रहेको चितवन राईनोजका कप्तान पारस खड्का अघिल्ला छ खेलमा कमजोर व्याटिङ गर्दै आएका थिए । तर फाईनलमा उनको अर्धशतकीय पारीको योगदानमा चितवनले १६० रन बनाउँदै पोखरालाई चुनौतिपूर्ण रन स्कोरको लक्ष्य दिए । उनी रसिद खानको बलमा रन आउट हुनु अघि ५१ रनमा खेलिरहेका थिए । नन स्ट्राईकमा रहेका खड्का रन लिने क्रममा विकेट लाईन क्रस गरे जतिबेला बल सिधै स्टम्पिङ हुन पुगेको थियो । फाईनलमा उनी अभागी भए ।

खड्काले सन्नी पटेलसँग महत्वपूर्ण साझेदारी गर्दै धराशायी बनेको इनिङलाई उकासिरहेका थिए । हरिंशकर साहलाई ८ रनमै गुमाएको चितवनले अनिल र पारसले दोस्रो विकेटको लागि ७६ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटको रुपमा अनिलकुमार साहलाई ३७ रनमा गुमाउन पुग्यो । तर पारसलाई ५१ रनमा गुमाएपछि चितवनको आशा धरापमा परेको थियो । सन्नी पटेलसँग साहले ४० रनको साझेदारी गरे । मोहम्मद नाभेदले साहलाई पभेलियनको बाटो देखाएपछि ३८ बलमा ३७ रन थिए ।

पटेललाई

भने कृष्ण कार्कीले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेपछि चितवनको झनै कमजोर बन्यो । उनी २१ बलमा ४३ रन बनाए । उनले ३ चौका र ४ छक्का हिर्काए । आरिफ शेख १४ रन बनाउन ११ बल खेले । काकीको अन्तिम ओभरको अन्तिम बलमाको लागि स्ट्राईका रहेका करण चौका हान्ने प्रयारमा मिडअफमा कुशल भुर्तेलबाट क्याच आउट भएपछि चितवन राईनोजले पाँच विकेटको क्षतिमा १६० रनको स्कोर तयार पारेको थियो । खेलमा म्यान अफ दि फाईनल म्याचको पुरस्कार भने रवि इन्दर सिंह घोषित हुदैं नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

क्विन्स इभेण्ट म्यानेजेमन्ट प्रालिको आयोजनामा कात्तिक ९ गतदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजित नमस्ते पोखरा प्रिमियर लिगमा इर्म्जिङ प्लेयरबाट पोखरा पोल्टनका रसिद खान घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ प्राप्त गरे । बेष्ट बलरबाट करण केसी (चितवन राईनोज–११ विकेट ) घोषित भए । बेष्ट व्याट्सम्यानको पुरस्कार भने काठमाडौं रोयल्सका गौरभ तोमार (२१२ रन) घोषित भए ।

प्लेयर अफ दि

टुर्नामेन्टको पुरस्कार भने सन्नी पटेल घोषित भए । त्यसैगरी मोष्ट भ्यालुएबल प्लेयर्सको पुरस्कार भने पोखरा पल्टनका ललितनारायण राजवंशीले पाए । उनले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गरे । केसी,तोमार र पटेलले भने सुजुकी मोटरसाईकल प्राप्त गरेका छन् ।

विजेता पोखरा पल्टन तथा उपविजेता चितवन राईनोजका खेलाडीलाई पुर्व प्रधानमन्त्री एवं नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सदस्य गगन थापा, गण्डकी प्रदेशका विन्दुकुमार थापा, अर्का सदस्य राजीव पहारी, नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष निरञ्जन राजवंशी लगायतले नगदसहित पुरस्कार प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...