पहिलो जितको खोजीमा विराटनगर, काठमाडौंलाई १५० रनको लक्ष्य प्रस्तुत

पोखरा, १२ कात्तिक /पोखरा प्रिमियर लिगमा पहिलो जितको खोजीमा रहेको विराटनगर टाईटन्सले हुलास काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको छ ।

टस जितेर व्याटिङमा उत्रिएको विराटनगरले ७ विकेटको क्षतिमा १४९ रन बनायो । ओपनर पाकिस्तानी खेलाडी मोहम्मद जायद आलमले ६७ रनबनाई आउट भए । उनले सुनिल धमलासँग पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरे ।

ठोस शुरुवात गर्ने क्रममा ४७ बल खेलेका जायदले सात चौका र चार चौका हिर्काए । पहिलो विकेटको रुपमा सुनिल धमलालाई गुमायो । धमलाले २९ बलमा ३० रन बनाउन एक चौका र तीन छक्का प्रहार गरे । राजेश पुलामी मगरले पनि ३० रन बनाए ।

उनले २७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । शुसान भारी, बसन्त रेग्मी र गौरभ तोमारले दुई विकेट लिएका थिए । जवाफि व्यटिङमा रहेको काठमाडौंले यो समाचार तयार पार्दा सम्मम ५ ओभर खेलेर १ विकेटको क्षतीमा ३० रन बताएका छ ।

कमेन्टहरु
Loading...