पोखरा प्रियिर लिगमा बिराटनगरलाई धनगढीले दियो १८३ रनको चुनौती

पोखरा, ११ कात्तिक / पोखरा प्रिमियर लिगको आइतबार पहिलो खेलमा धनगढी ब्लुजले बिराटनगर टाइटन्सलाई १८३ रनको लक्ष्य दिएको छ । २० ओभरमा धनगढीले सबै विकेटको गुमाइ १८२ रनको योगफल तयार पारेको हो ।

धनगढीको लागि पिटर ट्रेगोले अर्धशतकीय प्रहार गरे । उनले ५३ रनको योगदान दिए । कप्तान दिपेन्द्र सिंह ऐरिले २९, सौरभ खनालले विस्फोटक ब्याटिङ गर्दै ४१ रन बनाए । बिराटनगरका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट, जाइद खान, सन्दीप लामिछाने, किशोर महतो र सुनिल धमलाले समान एक/ एक विकेट लिए ।

बिराटनगर टाइटन्ट कप्तानी सन्दिप लामिछाने र धनगढीको दिपेन्द्र सिंह ऐरि छन् । जवाफी व्याटिङमा रहेको बिराजनगरले यो समाचार तयार पार्दा सम्म २ विकेटको क्षतीमा ४१ को योगफल तयार पारेको छ । खेल ५ ओभरमा चल्दैछ ।

आफ्नो पहिलो खेलामा बिराटनगर पोखरासँग ५८ रन र धनगढी काठमाडौंसँग १७ रनले पराजित भएका थिए । दोस्रो खेलमा विजयी सुरूवात गरेका पोखरा पल्टन र बुटवल ब्लास्टर्स प्रतिस्पर्धा गर्दैछन् । शरद भेषवाकरले नेतृत्व गरिरहेको पोखरा र सोमपाल कामिले कप्तानिमा रहेका बुटवल ब्लास्टर्सबीचको खेल दिनको १ बजे पोखरा रंगशालामा हुनेछ ।

कमेन्टहरु
Loading...