विराटनगरद्वारा बुटवललाई १४१ रनको लक्ष्य प्रस्तुत

पोखरा, १४ कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टि २० क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनायो । विराटनगरका लागि ओपनिङ ब्याट्सम्यान मोहम्मद जैद आलमले सर्वाधिक ७२ रन बनाए ।

४५ बल सामना गरेका उनले ५ छक्का र ६ चौका प्रहार गरे । प्रदिप ऐरीले ४१ रन बनाए । विराटनगरका लागि अन्य ब्याट्सम्यानले भने दोहोरो अंक बनाउन सकेनन् ।

बुटवलका ललित भण्डारीले २ तथा विपिन खत्री, सम्साद सेख र सागर पुनले समान एक एक विकेट लिए। जवाफी व्याटिङमा रहेको बुटवलले ४ ओभरमा २ विकेट गुमाउदै १६ रन बनाएको छ ।http://www.espncricinfo.com/series/19003/game/1162781/biratnagar-titans-vs-butwal-blasters-9th-match-pokhara-premier-league-2018-19

कमेन्टहरु
Loading...