पोखरा प्रिमियर लिगको फाइनमा चितवन र पोखरा भिड्ने

पोखरा, १८ कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिगमा हुलास काठमाडौं रोयल्सलाई इलिमिनेटोरमा छ विकेटले पराजित गर्दै चितवन राईनोज फाईनलमा प्रवेश गरेको छ । चितवनले उपाधिको लागि मंगलबार पोखरा पल्टनसँग खेल्ने छ ।

चितवन राइनोजले पोखरा प्रिमियर लिगको फाईनलमा स्थान सुरक्षित बनाउँदा हुलास काठमाडौं रोयल्सलाई दोस्रो पटक पराजित हुदैं सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगितबाट बिदा लिएको छ । काठमाडौं पोखरा प्रिमियर लिगमा दोस्रो पटक चितवनसँग नमिठो हार व्यहोर्दै तेस्रो स्थानमा चिक्त बुझायो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आईतबार चितवन राईनोजले लिगकै सबैभन्दा कम रनको लक्ष्य पाएको थियो । प्रिमियर लिगकै कमजोर प्रदर्शन गर्ने क्रममा हुलास काठमाडौं रोयल्सले चितवनलाई जितको लािग ९५ रनको लक्ष्य दिएको थियो ।

अनिलकुमार साह र कप्तान पारस खड्का क्रमश १ र २ रनमा पभेलियनको बाटो समाएपछि कमजोर देखिएको चितवन राईनोजलाई ओपनर हरिशंकर साह र स्मित पटेलले चौथो विकेटको लागि ५७ रनको साझेदारी गरेपछि काठमाडौंले दिएको ९५ रनको लक्ष्य चितवनले चार विकेटको क्षतिमा १० बल बाँकी छदाँ भेट्टायो ।

साहले पवन सर्राफको बलमा तोमारको हातबाट क्याच हुनु अघि २६ रन बनाउँदै राम्रो शुरुवात गरिदिए । २२ बलमा ३ चौका र १ छक्का हिर्काउँदै गतिलो शुरुवात दिलाउँदा अनिलकुमार साह १ रनमै सुशान भारीको बलमा जे कोल्सावालको हातबाट क्याच भए ।

कप्तान पारस खड्का

पनि भारीकै बलमा पवन सर्राफबाट समातिन पुग्दा केवल व्यक्तिगत २ रनको स्कोरमा थिए । भारीले नै स्मित पटेललाई एलबी डब्लुको धरापमा पार्दै महत्वपूर्ण विकेट लिएपनि उनले हिर्काएको ३८ रनले चितवनलाई जितको आधार बनिसकेको थियो ।

पटेलले ४३ बल खेले । स्कोर कार्डमा ३ चौका लेखाए । आरिफ शेख र सन्नी पटेलले अविजित क्रमश २० र ६ रनमा रहँदै फाईनल सुरक्षित बनाए । शेखले ३२ बल खेल्दै १ चौका मात्रै हिर्काए । भारीले तीन विकेट लिए ।

टस जितेर व्याटिङ रोज्नु काठमाडौं लागि आईतबार घातक सावित हुन पुग्यो । जे। कोल्सावालले २५ रन बनाउँदै राम्रै शुरुवात गर्ने लक्षण देखाएपनि अमित श्रेष्ठ, पवन सर्राफ गौरभ तोमार र नरेश बुढाएरको व्याटबाट दोहोरो अंकको रन ननिस्किएपछि काठमाडौंमा दबावमा परेको थियो ।

अमित सन्नी पटेलको बलमा क्याच आउट हुदाँ पवन, तोमार भने एलबी डब्लुको धरापमा परे । बुढाएर भने चितवन राईनोजका कप्तान पारस खड्काको बलमा एलबी डब्लुको शिकार भए । अमितले ९, पवन ०, गौरभ १ र बुढाएर पनि १ रनमै पभेलियन फर्कएपछि निकै कमजोर बनेको काठमाडौंको इनिङ्सलाई सम्हाल्ने प्रयास कप्तान ज्ञानेन्द्र मल्लले गरे ।

मल्लले

३० रन जोडेपछि स्कोर बोर्डमा रनले विस्तारै उकालो लागेपनि भुवन कार्कीले बोल्ड गरेपछि काठमाडौं फेरी धरापमा पर्यो । मल्लले ३५ बल खेल्दै २ चौका हिर्काए । त्यसपछि क्रिजमा आएका अदिल खान ८, बसन्त रेग्मी ०, अमरसिंह राउतेला ९ सुशान्त भारी ३ रनमा आउट हुन पुगे । चितवनका बलरले कसिलो बलिङ गर्ने क्रममा सन्नी पटेलले ३, स्मित पटेल र भुवन कार्कीले समान २÷२ विकेट लिए ।

लिग चरणको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई १२ रनले पराजित गरेको थियो । चितवनले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा हुलास काठमाडौं भने १३७ रनमा समेटिएको थियो । लिगमा व्यहोरको हारको बदला लिने महत्वपूर्ण अवसरलाई भने काठमाडौंले सदुपयोग गर्न सकेन् । लिगमा हुलासले लक्ष्य पछ्याईरहेको थियो भने इलिमिनेटोरमा चितवनले लक्ष्य पछ्याउँदै पुरा गर्यो । खेलमा चितवनका सन्नी पटेल म्यान अफ दि म्याच घोषित भए ।

कमेन्टहरु
Loading...