पोखरामा जारी भलिबलमा नेपाल पुलिस क्लब शिर्षस्थानमा

पोखरा, ३ पुष /पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई निर्णायक सेटमा पराजित गर्दै हेल्प नेपालले आफनो खातामा तेस्रो जित दर्ता गरेको छ । हारे पनि नेपाल पुलिस १० अंकका साथ शिर्षस्थानमा नै छ ।

दुई सेटले पछि परेको अवस्थालाई उल्टयाउँदै हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौंले पुलिसलाई पाँचौ सेटमा पराजित गर्दै दुई अंक जोड्यो । पहिलो २५–२१ र दोस्रो २५–२० सेट लिएर नेपाल पुलिस क्लबले चौथाो जित निकाल्ने योजना बुनेपनि अन्त्यमा पाँचौ सेटमा पुगेर पुलिसको विजय यात्रा रोकियो । तेस्रो सेट निकै प्रतिस्पर्धात्मक रुपमा टुंगियो ।

अर्को खेलमा शसस्त्रले आर्मीको चुनौतिलाई ३–२ सेटले पन्छाएको छ । उपाधिको दाबेदार मानिएको आर्मीलाई पहिलो सेटबाटै दबावमा राखेको शसस्त्रले दोस्रो सेट गुमायो । यद्यपी अन्तिम सेटमा पनि आर्मीको हरेक प्रयासलाई विफल बनाउँदै शसस्त्र जितेको हो । २५–२१ मा पहिलो सेट लिएको शसस्त्रले दोस्रो सेट भने कमजोर प्रदर्शन गर्दै १८–२५ ले गुमाउन पुग्यो ।

तेस्रो सेट शसस्त्र प्रहरीले २५–२१ मै लिएर आर्मीलाई दबावमा राख्यो । आर्मीले पनि चौथो सेटलाई २०–२५ मा लिएर खेललाई निकै रोमाञ्चक बनाउँदै निर्णायक सेटमा पुर्याए । निर्णायक सेटमा आर्मीलाई १५–११ ले पछि पार्दै शसस्त्रले साविक विजेतामाथि रोमाञ्चक जित हासिल गर्दै अंक तालिकामा ८ अंक बटुलेको छ । त्रिभुवन आर्मी क्लब भने समान ३ खेलबाट ७ अंक जोडेको छ । मणिमुकुन्द भलिबल क्लब रुपन्देही तेस्रो दिनमा आईपुग्दा पहिलो जित दर्ता गर्दै तीन अंक जोड्दा ढोरपाटन स्पोर्टस क्लब भने अझै अंक विहीन छ ।

पोखरामा आयोजित चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको तेस्रो दिन मंगलबार मणिमुकुन्दले ढोरपाटनलाई सोझो सेटमा पराजित तीन अंक जोडेको हो । २५–२३, २५–२० र २५–१६ को सेटमा पराजित गर्दै मणिमुकुन्दले सम्भावित आशालाई जिवितै राखेको छ ।
हेल्प नेपालले तेस्रो सेट लिन ३१–२९ को अंकसम्म खेल्नुपर्यो ।

चौथो सेटमा २५–१९ ले लिदैं खेललाई निर्णायक सेटमा पुर्यायो । अन्तिम टाइब्रेक सेटमा भने हेल्प नेपालले १५–८ मा रोक्दै तेस्रो जित निकाल्यो । पुलिसले हारसँगै १ अंक जोड्यो । नेपाल पुलिस क्लब चार खेलसँगै १० अंकका साथ शिर्षस्थानमा छ । हेल्प नेपालले तीन खेलसँगै ७ अंक जोड्यो । त्यसै गरि अर्को खेलमा नयाँ बजार स्र्पोट क्लबले मणिमुकुन्द क्लबलाई ३–२ को सेटमा हरायो । नयाँ बजारले २५–१५, २५–१७, १९–२५, २१–२५ र १५–९ ले हरायो ।

कमेन्टहरु
Loading...