Ganthan News Pokhara
All news from Pokhara & around

पोखरामा पेट्रोलियम पदार्थको मूल्य घटायो

0

पोखरा, २४ भदौ / पाइपलाइन सञ्चालनमा ल्याएक कै दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ ।
पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत उपभोक्तालाई दिन पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्ने छ । प्रति २ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।

यो सँगै अब पोखरामा पेट्रोलको मुल्या प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेल ९४ रुपैयाँ ५० पैसा प्रतिलिटर हुने छ । आयल निगमले हवाइ इन्धन र ग्यासँको मुल्य भने यथावत राखेको छ ।

अरु सम्बन्धित खबरहरु