पोखरा उद्योग बाणिज्य संघको मतदान जारी, अहिले सम्म २२ सय मत खस्यो

पोखरा, ६ असोज /पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन जारी छ । अधिवेशन अन्तरगत आज

मतदान जारी रहेको छ । यो चुनाबबाट २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । अहिले सम्म २२ सय बढि

भोट खसेको छ । निर्वाचन विहान ८ बजे देखी दिउँसो ४ बजे सम्म सञ्चालन भए पनि भोट दिनेहरुको लामो

लाइनमा छन् । ३३ सय ७७ जना मतदाता मध्य हाल सम्म २२ सय बढिले भोट हालेका हुन् ।

हालका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु र महासचिव दामु अधिकारी बीच नेतृत्वमा प्रतिश्पर्धा भएको छ ।

प्रजु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति,

उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान

बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङ प्रतिश्पर्धामा छन् ।

अधिकारी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा यदु अधिकारी, बाणिज्य उपाध्यक्षमा यामनाथ पौडेल, उद्योग

उपाध्यक्षमा गीता तिवारी, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उपमहासचिवमा सीता बराल

प्रतिश्पर्धी हुन् ।

प्रजु प्यानलबाट खुला सदस्यमा बलराम बराल, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारी मुना बास्तोला,

कीर्तिवल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी छन् । अधिकारी प्यानलका

रुद्र लुईंटेल र नगेन्द्र सुवेदीलाई पनि प्रजु प्यानलले आफ्नो लिष्टमा हालेर प्रचार गरिरहेको छ ।

दामु प्यानलबाट सदस्यमा नारायण पौडेल, डिबी भुजेल, पवित्रा गुरुब, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र

सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइँटेल छन् ।

वस्तुगततर्फ ४ सदस्यका लागि ८ जना उम्मेदवार छन् । प्रजु प्यानलबाट हरिराज पन्त, शिवराज बास्तोला,

रञ्जन बुद्धाचार्य र राजेशनाथ गुप्ता चुनावी मैदानमा छन् भने अधिकारी प्यानलबाट दामु प्यानलबाट

वस्तुगततर्फ ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले, चिन्तामणि बास्तोला र तारानाथ ढुंगाना प्रतिस्पर्धामा छन् ।

कर्पोरेटतर्फ २ पदका लागि चुनाव हुनेछ । यसमा ४ जना प्रतिस्पर्धी छन् । प्रजुको प्यानलमा हर्क अधिकारी र

हरिहर सापकोटा छन् भने अधिकारी प्यानलका कमलबहादुर बस्नेत र घनश्याम शर्मा उम्मेदवार बनेका छन् ।

उद्योगतर्फ १ सदस्यको लागि हीरामणि पण्डित र सुरेशबहादुर श्रेष्ठ प्रतिश्पर्धामा छन् ।

कमेन्टहरु
Loading...