पोखराको प्याराग्लाईडिङमा हुने जोखिम न्यूनिकरण गर्न माग

पोखरा, ९ असोज/पोखराको पर्यटनको आकषर्णको रुपमा रहेको साहासिक खेल प्याराग्लाईडिङमा हुने जोखिमलाई न्यूनिकरण गर्र्नुपर्ने सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएकाछन् । नेपाल प्याराग्लाईडिङ पाईलट्स क्लवको दोश्रो अधिवेसन तथा तेश्रो साधारण सभाको उद्घाटन सत्रमा वोल्ने भक्ताहरुले पछिल्लो समयमा प्याराग्लाइडिङमा दुर्घटनाको जोखिम बढ्दै गएकोमा चिन्त्ता व्यक्त गर्दै प्यराग्लाईडिङमा हुने जोखिमलाई न्यूनिकरण गर्नूपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्दै आएको प्याराग्लाईडिङ व्यवसायलाई व्यबस्थित पार्न प्रशासन तयार भएको बताए । उनले भने “प्याराग्लाइडिङका केहि नियमहरु पालना नभएकोले गर्दा पनि दुर्घटना भएको होला, त्यसलाई अब सवैसंग समन्वय गरी रेस्क्यू र उद्धार टिम समेत तयारी अबस्थामा राखेर सेवा दिनु पर्छ ।”

प्याराग्लाईडिङ स्कुल र व्यवसायिक उडान भर्ने स्थान समेत फरक हुनु पर्ने उनको जोड थियो । कास्कीका प्रहरी प्रमुख असोक सिंहले प्याराग्लाईडिङ पाईलटहरुले उडान भर्दा मानशिक तथा शारिरिक रुपमा तयारी हुन आग्रह गर्दै मर्यादित र सुरक्षित उडान भर्न सुझाव दिए ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुलीले पोखराको पर्यटनको क्षेत्रमा प्याराग्लाईडिङले सकरात्मक प्रभाव पारेकोले यसलाई समयमै व्यबस्थित पार्नुपर्नेमा जोड दिए । नेपाल हवाई खेलकुद संस्था नाका महासचिव वसन्तराज दवाडीले सुरक्षा चुनौती थपिएकोले गर्दा पाईलटहरु अनुसासित हुनुका साथै दक्षता अभिबृद्धि गर्नुपर्नेमा जोड दिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले आपतकालिन अबस्थामा रेडक्रसले समन्वय गर्न तयार रहेको बताए । क्लवका अध्यक्ष खुम गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको सदस्य माधव तिमिल्सिनाले बताए ।

सचिवको प्रतिवेदन पेश गर्दै क्लवका सचिव मित्र (हरि) वास्तोलाले पोखराको सिमिति क्षेत्रमा धेरै र अव्यबस्थित तथा अवैध रुपमा प्याराग्लाईडिङ गर्नेको सङख्या बढ्दै जादा जोखिम बढेको दाबी गरे । पछिल्लो २ बर्षमा प्याराग्लाईडिङ दुर्घटनामा परी ४ जनाको ज्यान गएको उनले बताए । पोखरामा हाल २ सय जना पनि प्याराग्लाईडिङ गर्ने पर्यटकहरु नभएको अबस्थामा पाईलटहरु नै २ सय जना भन्दा बढी भएको सहसचिव कृष्णराज अधिकारीले बताए ।

कमेन्टहरु
Loading...